Comments Add Comment

‘नम्रता’ सार्वजनिक गर्न पुगे दुई मन्त्री

namrata copy
काठमाडौ । गायिका नम्रता काफ्ले खरेलको पहिलो एकल एल्बम ‘नम्रता’ सार्वजनिक गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सिंचाई मन्त्री एनपी साउद, गीतकारद्वय किरण खरेल र डा. कृष्णहरि बरालले संयुक्त रुपमा एल्बमको विमोचन गरेका थिए
गायिकाको आफ्नै नामसँग मिल्ने नाम रहेको ‘नम्रता’ एल्बममा रहेका पाँचै गीत किरण खरेलले रचना गरेका हुन् ।
पाँच गीतमध्ये बालद झैं, फूल बनि र मै राम्री गीतमा दीपक शर्माले तथा तिमी छौं र सानो कुरा बोलको गीतमा हरि लम्सालले संगीत दिएका छन् ।
बिमोचनका अवसरमा बादल झैं र तिमी छौंको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । गीत सुनेपछि गीतकार डा. बरालले नम्रतामा राम्रो गायिका बन्ने स्वर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment