Comments Add Comment

पर्वतीय फिल्म महोत्सवमा भोजराजको ‘सुनकली’ लाई दुई अवार्ड

sunkali
काठमाडौं । अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १२ औं संस्करण सम्पन्न भएको छ । भोजराज भाटको निर्देशन रहेको बृत्तचित्र ‘सुनकली’ ले बेष्ट माउन्टेन फिल्म इसिमोड अवार्ड पाएको छ ।
एक हजार अमेरिकी डलर पुरस्कार पाएको सुनकलीले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ समेत पाएको थियो । बृत्तचित्र सुनकलीले मध्य पश्चिमका विकट पहाडी जिल्ला मुगुका किशोरीहरुले फुटबल खेलवाट पाएको सफलताको कथा भन्छ ।
नेपाली फिल्महरूको प्रतिस्पर्धा नेपाल प्यानोरमा तर्फ सचिन घिमिरेको ‘पुन्टेको पाङग्रा’ ले फिक्सन विधामा उत्कृष्ट पुरस्कार हात पारेको छ ।
अर्को बृत्तचित्र ‘मानिस हराएको सूचना’ ले नन फिक्सनतर्फ उत्कृष्ट अवार्ड जितेको छ । यी दुवै फिल्मले ३०-३० हजार रुपैयाँ पुरस्कार पाए । ‘अडियन्स च्वाइस अवार्ड’ भने ‘बुट्टे जामा’ ले पाएको छ ।
डोल्पाको भौतिक संरचना र पर्यटन विकाससम्बन्धी बृत्तचित्र ‘डेज अफ ट्यापु’ले १५ सय डलरको उत्कृष्ट बृत्तचित्रको अवार्ड पाएको छ । पाँच दिनसम्म काठमाडौको कुमारी हलमा चलेको महोत्सवको अन्तराष्टिर््रय प्रतिस्पर्धामा ‘टिज्स ड्याट वाक र द केभ कनेक्सन’ ले क्रमशः दोस्रो र तेस्रो अवार्ड प्राप्त गरे । दोस्रो फिल्मले एक हजार डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गरेको छ ।
महोत्सबमा बेलायती फोटोग्राफर हेनरी आइडन, अमेरिकी फिल्म निर्माता डेभिड ब्रेसिएर्स र इटालेली फिल्म निर्माता पाओला नेस्सी निर्णायक थिए ।
हिमाल एसोसिएसनले गरेको महोत्सबमा ७५ वटा फिल्म प्रदर्शन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment