Comments Add Comment

चट्याङले लागेर दुईको मृत्यु

१ पुस, सुर्खेत । चट्याङ लागेर सुर्खेतमा २ जनाको मृत्यु भएको छ । सोमबार साँझ ६ बजेतिर चट्याङ पर्दा सहारेकी ५७ वर्षकी उमा घर्ती र घुमखहरेकी १० वर्षकी पवित्रा खड्काको मृत्यु भएको छ ।

गोठमा काम गरीरहेको बेला एक्कासी चट्याङ पर्दा घाइते भएकी घर्तीको उपचारको क्रममा मेहलकुना अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

त्यस्तै खड्काको चट्याङले लागेर बेहोस भएको अवस्थामा स्थानीयले भेट्टाएपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

भीरबाट लडेर मृत्यु

सुर्खेतको मालारानी निवासी एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । २६ वर्षका राजेन्द्र वलीको खोलाढीक भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेसकुमारलाल कर्णले जानकारी दिए ।

कृष्ण आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment