Comments Add Comment

थ्रिलर चलचित्रबाट नम्रता निर्मात्री (फोटो फिचरसहित)

soul sister0013
नायिका नम्रता श्रेष्ठ र बैंकर तथा चलचित्रकी कलाकार रबिना देशराज गफ गर्दै ।

नेपाली चलचित्र क्षेत्रमा कलाकारहरुले समेत लगानी गर्न थालेको लामो समय भैसकेको छ । केही बर्ष चलचित्रमा अभिनय गर्ने र आफै निर्माता बन्ने कलाकारहरुको प्रचलन नयाँ होइन । नायक–नायिकाहरुले पनि चलचित्रमा लगानी गर्ने क्रममा अब नम्रता श्रेष्ठ पनि थपिएकी छिन् ।

नम्रताले आफ्नो प्रोडक्शन कम्पनी सुरु गरेकी छिन् । ‘हाइली हिल इन्टरटेन्मेन्ट प्राली’ नाम दिइएको उनको कम्पनीले चलचित्र, म्यूजिक भिडियो निर्माण गर्नेछ ।

soul sister0020
चलचित्र ‘सोल सिस्टर्स’का कलाकार सामुहिक तस्बिर खिचाउने क्रममा ।

यसैबिच, नम्रताको कम्पनीले निर्माण गरेको पहिलो चलचित्र ‘सोल सिस्टर’को टिजर पनि सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै नम्रताले चलचित्र र निर्माण कम्पनीको बारेमा जानकारी गराएकी हुन् ।

soul sister0009
चलचित्रको टिजर सार्वजनिक गर्दै सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल ।

जनवरी १५ बाट प्रदर्शनमा आउने यो चलचित्रमा नम्रता श्रेष्ठ, दीपक शर्मा, शकुन्तला वैद्य, राजेश हमाल, रविना देसराज लगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई प्रशान्त रसाइलीले लेखन तथा निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नम्रताले आफूलाई सस्पेन्स तथा थ्रिलर कथा नै मन परेकाले सुरुवातमा लगानी गरेको बताइन् । अरुको चलचित्रमा काम गर्दा आफूले सोचेजस्तो भूमिका र कथामा खेल्न नपाइने भएकाले पनि आफै प्रोडक्शन कम्पनी खोलेको उनको भनाई थियो । कार्यक्रममा नम्रताका पूर्व प्रेमी प्रेम घले पनि देखिएका थिए । नम्रताको कार्यक्रममा घलेको उपस्थितीले धेरैलाई अचम्मित बनाइदिएको छ । केही समय प्रेममा रहेको यो जोडी अलग भएको खबर थियो । तर, पनि प्रेमले नम्रताको केयरिङ भने गर्थे । नम्रताको चलचित्र र प्रोडक्शन कम्पनीको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा प्रेमको उपस्थितीले के फेरि उनीहरु निकट भएका हुन् त भन्ने प्रश्न समेत सोझाएको छ ।

soul sister0019
नायिका नम्रता श्रेष्ठ उनका पूर्व प्रेमी प्रेम घलेको साथमा तस्बिर खिचाउँदै ।

यस्तै, नायक राजेश हमालले आफ्नो चलचित्रमा छोटो भूमिका रहेपनि क्रियटिभ टिमसँग काम गर्दा खुशी लागेको बताए । नम्रताको प्रोडक्शन कम्पनी र चलचित्र ‘सोल सिस्टर’को टिजर सार्वजनिक सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले गरेका थिए ।

कार्यक्रममा नायिका करिश्मा मानन्धर ।
कार्यक्रममा नायिका करिश्मा मानन्धर ।
नायक राजेश हमाल आफ्नो मोबाइलमा कलाकारहरु रेमनदास श्रेष्ठ, नम्रता श्रेष्ठ र कर्मालाई तस्बिर देखाउँदै ।
नायक राजेश हमाल आफ्नो मोबाइलमा कलाकारहरु रेमनदास श्रेष्ठ, नम्रता श्रेष्ठ र कर्मालाई तस्बिर देखाउँदै ।

 soul sister0014 soul sister0015 soul sister0017

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment