Comments Add Comment

बाँकेमा पनि १२ घण्टे सेवा सुरु

government-service-at-banke-final१ पुस, नेपालगन्ज । नेपाल सरकारले परिक्षणको रुपमा सेवाग्राहीको बढी चाप हुने कार्यालयमा सोमबारबाट सुरु गरेको १२ घण्टे सेवा बाँकेमा पनि सुरु भएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले बाँके बागेश्वरी-९ कि सिपा स्वानी थापालाई नागरिकता वितरण गर्दै सेवा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले सरकारले अत्यधिक सेवाग्राहीको चाप हुने कार्यालयमा १ पुसदेखि देशभरका ५ जिल्लाबाट यो सेवा सुरु गरेको जानकारी दिए ।

तत्कालका लागि सेवाग्राहीको बढि चाप हुने जिल्ला प्रशासन, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयबाट सेवा दिने बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए । ति सरकारी कार्यालयबाट बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा पाइने छ ।

१२ घण्टे सेवा शुभारम्भ कार्यक्रममा सहभागी हुन सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराई लगायतको टोली बाँके आएको थियो ।

कार्यक्रममा बाँकेका सरकारी कार्यालयका प्रमुख तथा विभिन्न राजनीतिक दलका जिल्लास्थित नेताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment