Comments Add Comment

राजनीतिक दलका नेताले गाविस सचिव कुटे

१ पुस, भोजपर । राजनीतिक दलका नेताहरुले भोजपुरको देउराली र साङपाङ गाविसका सचिव खड्गबहादुर पौडेलमाथि कुटपिट गरेका छन् । स्थानीय विकास अधिकारीको कार्यकक्षमा पुगेका पूर्वसभासद सुदन किराती लगायतको टोलीले पौडेलमाथि कुटपिट गरेको हो ।

घाइते सचिव पाैडेल
घाइते सचिव पाैडेल

राजनीतिक दलका नेताहरु भोजपुरमा षडानन्द नगरपालिका उद्घाटन भएको विषयमा कुरा गर्न गएका थिए । सचिव पौडेल पनि छलफलका लागि कार्यकक्षा आएपछि उनीहरुले साङपाङ गाविसमा सडक हेरालु नियुक्त गरेको विषयलाई लिएर विवाद सुरु गरेका थिए ।

नेपाली कांग्रेसका सचिव हेमन्त मुकारुङले महिलाको फोटो देखाउँदै यो महिलालाई किन नियुक्त नगरेको भन्दै हप्काएको घाइते सचिव पौडेलले बताए । मुकारुङलेे हप्काएसँगै किरातीले आक्रमण गरेको पौडेलको दाबी छ । पौडेलले भने-‘म एलडिओ साबको कार्यकक्षमा पुग्न साथ पुर्व सभासद किरातीले दुव्र्यवहार सुुरु गरे, त्यसपछि मुकारुङ, अनिल बस्नेत लगायतले कुटेको थाहा छ । म माथि आक्रमण हुँदा तल्लो स्तरका शब्द प्रहार भइरहेको थियो ।’

घटनाका बारेमा सोध्दा कांग्रेस सचिव मुकारुङले ठूला कुरा गरेकाले कुटेको बताएका छन् । उनले भने-‘अन्यत्र गाविसका मान्छेलाई सडक हेरालु नियुक्त गरेको विषयमा सोध्न खोज्दा सचिवले ठूला कुरा गरेकाले सम्झाएको हो ।’

सचिव पौडेल गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्दि्रय सदस्य हुन् । उनको सिद्धकाली भोजपुर हस्पिटलमा उपचार भईरहेको छ । पौडेलको टाउँको र मुखमा चोट लागेको छ ।
उमेश अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment