Comments Add Comment

एक वर्षीया बालिकालाई राहदानी दिएर १२ घण्टे सेवा सुरु

Rupandehi-12-hours-government-Service
रुपन्देहीकी एक वर्षीया नाबालिका आयुमी ढकाललाई राहदानी दिँदै सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय ।

सलमान खान
१ पुस, भैरहवा । रुपन्देहीमा एक वर्षीया नाबालिकालाई राहदानी दिएर १२ घण्टे सरकारी सेवा सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले पडसरी-१ की १ वर्षीया नाबालिका आयुमी ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा शुभारम्भ गरेका हुन् ।

विहानको सेवामा ४ पुरुष र ३ महिला गरी ७ जनाले राहदानी लिएको राहदानी फाँटका प्रमुख मिननाथ शर्माले जानकारी दिए ।

यस्तै रुपन्देही सिद्धार्थ नगरपालिका ८ का १६ वर्षीय विराट सेनले आफ्नो नागरिकता बनाएर पहिलो सेवा लिएको नागरिकता फाँटका प्रमुख यज्ञराज पोखरेलले बताए । एक महिलासहित ८ जनाले विहानी सेवाबाट नागरिकता बनाएको पोख्रेलले जानकारी दिए ।

सरकारले सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा सुरु गरेको १२ घण्टे सेवा धेरै राम्रो रहेको सेवाग्राहीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment