Comments Add Comment

एमालेका आन्तरिक संरचनामा ब्यापक फेरबदल

फाइल फोटो
फाइल फोटो

१ पुस, काठमाडौं । नेकपा एमालेले पार्टीका बिभागीय संरचनाहरुलाई सरकार र योजना आयोगका संरचनासँग मिल्ने गरि व्यापक फेरबदल गरेको छ ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकको अन्तिम दिन मंगलवार महासचिव इश्वर पोखरेलले पेश गरेको कार्य बिभाजन र पार्टीको कार्ययोजना सम्बन्धी प्रस्तावमा १ सय ७५ ओटा कार्य क्षेत्र समावेश गरिएको छ ।

पार्टी केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई एक एक ओटा कार्य क्षेत्रको जिम्मा दिने गरि संरचनाहरु प्रस्ताव गरिएको एक केन्द्रीय सदस्यले बताए ।

महासचिवले पेश गरेको कार्य योजना र कार्य बिभाजन सम्बन्धी प्रस्तावमा केन्द्रीय सदस्यहरुलाई बैठकमा बोल्नबाट रोकिएको छ ।

केन्द्रीय सदस्यहरु सबैले बोल्दा बैठक एक हप्ता लम्बिने भन्दै उनीहरुका लिखित सुझाव ३ दिनभित्र केन्द्रीय सचिवालयमा पेश गर्न भनिएको छ ।

केन्द्रीय सदस्यहरुका लिखित सुझावका आधारमा सचिवालयले कार्य योजना र कार्य बिभाजन टुंगो लगाई स्थायी कमिटीमा पेश गर्ने र स्थायी कमिटीले अनुमोदन गर्ने स्रोतले जनाएको छ  ।

कार्य बिभाजनमा कुन नेताले के जिम्मेवारी पाउने भनेर तोकिएको छैन । ‘योग्यता, क्षमता, रुची र आवश्यकताका आधारमा जिम्मेवारी बाँडफाँड हुन्छ’ महासचिव पोखरेलले अनलाइनखबरसँग भने ।

केन्द्रीय कमिटीको बैठक आजै समापन भएको छ । यो बैठकको महत्वपूर्ण उपलव्धी पोलिटव्यूरो र स्थायी कमिटी गठन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment