Comments Add Comment

शिक्षकले छात्रालाई ‘आई लभ यू’ भन्दा विद्यालयमा हंगामा

१ पुस, धरान । सुनसरीको धरानस्थित नवोदय स्कूलका एक शिक्षकले आफ्नै छात्रालाई ‘आई लभ यू’ भन्दै प्रेम प्रस्ताव राखेपछि विद्यालय विवादमा तानिएको छ ।

स्कूलका भाईस प्रिन्सिपल अमर तिम्सिनाले कक्षा ९ मा अध्ययनरत एक छात्रालाई आफ्नो कोठामा बोलाएर आफूले साह्रै मन पराएको भन्दै प्रेम र विवाहको प्रस्ताव गरेका थिए । गुरुबाट नसोचेको प्रस्ताव आएपछि ति छात्रा रुँदै कक्षा कोठामा पुगेपछि घटना बाहिर आएको हो ।

त्यसपछि विद्यार्थीहरुले विरोध जनाउँदै नारा जुलुस गर्ने तयारी गरे । तर अन्य शिक्षकहरुले भाईस प्रिन्सिपल तिम्सिनालाई कारबाही हुने आश्वासन दिएपछि नारा जुलुस हुनबाट रोकियो । हाल तिम्सिनालाई निस्कासन गरिएको छ ।

‘दुवै पक्षलाई राखेर कुरा गर्दा शिक्षकको गल्ति पाइएकाले निस्कासन गरिसक्यौं,’ नवोदय स्कूलका प्रिन्सिपल निरकुमार राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment