Comments Add Comment

हिन्दु राष्ट्र विनाको संविधान अस्वीकार्य : कमल थापा

Kamal-thapa१ पुस, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलका कारण संविधान लेखनमा असमझदारी र जटिलता आएको आरोप लगाएका छन् । कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको असमझदारीले राजनीतिक परिस्थिति जटील मोडमा पुगेको भन्दै उनले त्यसैको कारण संविधान लेखन कार्य प्रभावित भएको बताएका हुन् ।

मंगलबार धुम्बाराहीमा आयोजित धार्मिक सभालाई सम्बोधन गर्दै थापाले नयाँ संविधानमा सनातन हिन्दुराष्ट्र अनिवार्य रुपमा लेखिनुपर्नेमा दोहोर्‍याए । अध्यक्ष थापाले हिन्दु राष्ट्र उल्लेख नभएको संविधान नस्वीकार्ने चेतावनीसमेत दिए ।

पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मुलुकको एकिकरण गरेको र राजा महेन्द्रले नेपाली जनताहरुलाई भावनात्मक एकतामा बाँधेको थापाले बताए ।

धर्म परिवर्तनको बिषयमा खुल्लमखुल्ला विदेशीले बोल्नु आपत्तिजनक भएको भन्दै उनले धर्म परिवर्तन गराउनेलाई कडा कारवाहीको माग गरे ।

कार्यक्रममा पार्टीउपाध्यक्ष टंक ढकाल, सहायक महामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य राजाराम बर्तौला, ऋषिबाबु परियार लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment