Comments Add Comment

गुम्बामा लैजान लागिएका ७ बालकको उद्धार

१ पुस, रुकुम । बौद्ध गुम्वामा शिक्षा दिने भन्दै लैजान लागिएका ७ बालकलाई जिल्ला बालकल्याण समिति रुकुमको पहलमा प्रहरीले उद्धार गरेको छ । पोखराको बौद्ध गुम्बामा लैजान लागिएका बालकहरुलाई सल्यानको बाङ्गेलाकुरीबाट उद्धार गरिएको हो ।

प्रहरीले हुकाम ७ का १३ वर्षीय अर्जुन झाक्री, १० वर्षीय लायनबहादुर झाक्री, ९ वर्षीय राजटेक बुढा र ७ वर्षीय अभिटेक बुढालाई उद्धार गरेको छ । त्यस्तै हुकाम ७ कै ११ वर्षीय सुनिल घर्तीमगर, ९ वर्षीय काले बुढा र ७ वर्षीय अभिराज बुढालाई पनि उद्धार गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएका बालकहरुलाई जिल्ला बाल कल्याण समितिको संरक्षणमा राखिएको छ ।

रुकुमबाट छुटेको ना ३ ख ५५१८ नम्वरको बसबाट उनीहरुको उद्धार गरिएको जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत मानविर ओलीले जानकारी दिए ।

बालकहरुलाई पोखरा लैजादै गरेका हुकामका फर्कबहादुर झाक्रीलाई प्रहरीले पक्रेको छ । उनले अभिभावकहरुको सहमतिमै बालकहरुलाई लैजान लागेको बयान दिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ ।

पढाउनको लागि नभई कामदारको रुपमा बालकहरुलाई लैजान लागिएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment