Comments Add Comment

निर्दोषको चिहानमाथि चढेर कुन स्वर्गमा जान्छौं ?

Paeshabar school_attack

२ पुस, काठमाडौं । १३२ जना स्कुले बालकालिकासहित १४० जनाको ज्यान जाने गरी पाकिस्तानको पेशावरमा भएको आक्रमणको सबैले निन्दा गरेका छन् ।

नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि अबोध बाकबालिकाहरुमाथि भएको आक्रमणको आलोचना गरेका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा आक्रमणको आलोचनाका लागि अहिले हृयासट्याग #PeshawarAttack सबैभन्दा बढी ट्रेन्ड छ ।

यसअघि हृयासट्याग #Indiawithpakistan ट्वीटरमा दोस्रो सबैभन्दा बढी ट्रेन्ड बन्यो । धेरै भारतीयहरुले बच्चाहरुमाथि भएको आक्रमणका लागि तालिबानको आलोचना गर्दै यो हृयासट्याग प्रयोग गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्-‘रगतको यो धब्बा, आफैबाट कसरी लुकाउँछौं । निर्दोषको चिहानमा चढेर कुन स्वर्गमा जान्छौं ?’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्कुले बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणको निन्दा गरेका छन् । कांग्रेस युवा नेता गगन थापाले पेशावर हमलाले मानव इतिहास फेरि एकपटक कलंकित भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन्-पाकिस्तानमा भएको कायरतापूर्ण आक्रमणलाई लिएर भारतका सबै स्कुललाई अपील गर्छु कि एकजुटताका लागि दुई मिजेट मौन बसौं ।’

पाकिस्तानी पत्रकार रज्जा रुमीले रिट्वीट गरेकी छन्-रगत र आँसुको कुनै राष्ट्रियता वा धर्म हुँदैन । यो हामी कसैको पनि हुनसक्छ । हामी तपाईको पीडा बुझ्न सक्छौं ।’

नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो घटनालाई मानवताको इतिहासमा कालो धब्बा भनेका छन् र तालिबान आक्रमणको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment