Comments Add Comment

हृवाइट हाउस र पेन्टागनमा आक्रमण गर्ने उत्तर कोरियाको धम्की

cyber-attack

७ पुस, काठमाडौं । सोनी पिक्चर्समाथि भएको साइबर आक्रमणलाई लिएर जारी तनावका बीच उत्तर कोरियाले अमेरिकामाथि आक्रमणको धम्की दिएको छ ।

उसले आक्रामक वक्तव्य जारी गर्दै हृवाइट हाउस, रक्षा मन्त्रालय पेन्टागन र अमेरिकी भूमिका आक्रमण गर्ने धम्की दिएको छ । यद्यपि आक्रमण कस्तो भन्ने प्रष्ट बताएको छैन् ।

अमेरिकाले सोनी पिक्चर्समाथि भएको साइबल आक्रमणमा उत्तर कोरियाको हात रहेको आरोप लगाएको छ, किनकी सोनीको उक पिल्म अन्तरवार्तामा उसका नेताको काल्पनिक हत्या देखाइएको छ । तर, उत्तर कोरियाले भने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।

उत्तर कोरियाको न्यूज एजेन्सीले जारी गरेको वक्तव्यमा भनिएको छ-‘सेना र उत्तर कोरियाका जनता अमेरिकासँग युद्ध लड्न पुरा तयार छन् । भलै यो युद्ध साइवर संसारमै किन नहोस् ।’

अमेरिकाले भने साइबल आक्रमण रोक्न उत्तर कोरियालाई दबाव दिन चीनलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment