Comments Add Comment

नेपालमै खुल्यो पुनर्बीमा कम्पनी, अर्थमन्त्रीले गरे उद्घाटन

10881526_765797606800937_6390879211470705391_n
७ पुस, काठमाडौं । नेपालमा पहिलो पटक पुनर्बीमा कम्पनी खुलेको छ । सोमबार राजधानीमा एक समारोहबीच अर्थमन्त्री डा. रामशरण महतले कम्पनीको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विदेशमा पुनर्बीमाका लागी रकम बाहिरिन नदिन लामो समयदेखि सरकार लागिपरेको बताए । सरकारको यो प्रयासलाई पुनर्बीमा कम्पनीले सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे ।

सरकारले चााडै नै बीमा कम्पनीहरुको सिमित प्रतिशत पुनर्बीमा नेपालकै कम्पनीमा गर्नुपर्ने बाध्यत्मक व्यवस्था ल्याउन लागेको पनि अर्थमन्त्री महतले बताएका छन् ।

पुनर्बीमा कम्पनीको क्षमता बढाउन विदेशी साझेदार भित्राउनुपर्ने अर्थमन्त्रीको सुझाव छ । कम्पनीलाई सशक्त रुपमा अगाडि बढाउन सरोकारवाला पक्ष सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

बीमा समितिका अध्यष फत्त बहादुर केसीले बीमाप्रति जनचेतनाको अभिवृद्धि गर्न यो कम्पनीले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । गत वर्ष एक अर्ब २५ करोड रुपैयाा पुनर्बीमा मार्फत बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै उनले यस कम्पनीको स्थापनापश्चात यसको निश्चित रकम स्वदेशमै रहने बताए ।

अध्यक्ष केसीले कम्पनी सञ्चालनका लागि कम्तीमा पााच वर्षको रणनीति बनाउनुपर्ने सुझाव समेत दिएका छन् ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, बिमक संघका अध्यक्ष विजय शाह लगायतले कम्पनीलाई सफलताको सुभकामना दिएका थिए ।

कारोबार सुरु गरेको वर्ष नै पुनर्बीमामार्फत विदेशीने रकम २० प्रतिशत रोकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रमेश लम्सालले बताए ।

२०६० सालमा स्थापना भएको आकष्मिक बीमा कोषलाई पुनर्बीमा कम्पनीमा परिणत गरिएको हो । जसमा सरकारको ४३ प्रतिशत र बीमा कम्पनीहरुको ५७ प्रतिशत सेयर लगानी छ । कम्पनीमा जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीहरुको सेयर हिस्सा ३९ प्रतिशत रहेको छ ।

कम्पनीका सिइओ लम्सालका अनुसार कम्पनीको अधिकृत पुँजी ५ अर्ब, र चुक्ता पूजी २ अर्ब १० करोड रुपैयाँ छ । कम्पनीले सर्वसाधारणका लागि भने सेयर गर्ने छैन । सर्वसाधारण सेयर जारी गरेका संस्थाहरु कम्पनीका प्रवर्द्धक भएकाले हामीले सर्वसाधाराण सेयर जानरी नगर्ने निर्णय गरेका हौं’ उनले भने ।

माओवादी द्धन्द्ध उत्कर्षमा पुगेको समयमा विदेशी पुनर्बीमा कम्पनीले आतंककारी तथा विध्वंसात्मक क्रियाकलापवाट हुने क्षतिको क्षतिपूर्ति दिन अस्वीकार गरेपछि सरकारले आकष्मिक बीमा कोष स्थापना गरेको थियो ।

सुरुमा १४ वटा निर्जीबन बीमा कम्पनीहरुले ३५ लाख ७१ हजार ४ सय २८ रुपैयाँका दरले ५ करोड रुपैयाँ र सरकारले ५ करोड रुपैयाँ रुपैयाँ बीउ पुँजीकोरुपमा रकम राखेर कोष स्थापना गरिएको थियो । पछि थप ३ ओटा निर्जीबन बीमा कम्पनीले पनि कोषमा अन्य कम्पनीले सरह पुँजी राखेपछि १७ ओटा निर्जीबन बीमा कम्पनीहरुको सेयर लगानी ६० करोड रुपैयाँभन्दा बढी भएको थियो ।

अर्थमन्त्री डा। रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा यो आवभित्रै पुनर्बीमा कम्पनी स्थापना गर्ने घोषणा गरेका थिए । यो वर्ष कम्पनीको स्थापना भएपनि अर्को आर्थिक वर्षबाट मात्रै पुनर्बीमाको काम सुरु गर्ने लम्सालले बताए ।

अधिकांश बीमा कम्पनीहरुले आर्थिक वर्षको सुरुमा नै विदेशी पुनर्बीमा कम्पनीसँग सम्झौता गरिसकेका छन्’ उनले भने ।

आर्थिक वर्षको बीचमा नेपाली कम्पनीले त्यस्तो कार्य गर्न नसक्ने भएको हो । कोषले यसअघि गर्दै आएको आतंककारी तथा विध्वंसात्मक गतिविधिवाट हुने क्षतिको भने पुनर्बीमाको कार्य कम्पनीले संचालन भएकै दिनदेखि सुरु गर्न सक्ने छ ।

बैदेशिक साझेदारको संभावना, भारतीय इच्छुक

कम्पनीमा बैदेशिक साझेदारको भित्राउने तयारी भइरहेको छ । नेपालमा पुनर्बीमाको बारेमा जानकार जनशक्ति कम रहेकाले पनि विदेशी साझेदा ल्याउनु पर्ने सरोकारवालाहरुको धारणा छ ।

कम्पनी स्थापना भएलगत्तै कम्पनीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा संस्थापक सेयरधनीहरुसँग छलफल भएको थियो । छलफलमा विदेशी पुनर्बीमा कम्पनीलाई साझेदारकोरुपमा ल्याउन पहल गरिनु पर्ने धारणा सेयर सदस्यले राखेको सिइओ लम्सालले जानकारी दिए ।

खासगरी भारतीय पुनर्बीमा कम्पनीहरु लगानी गर्न इच्छुक रहेको उनले बताए । भारतीय लगानीकर्ताहरुले धेरै पटक फोन गरेर आफूहरु लगानी गर्न तयार रहेको बताउँदै आउनुभएको छ’ लम्सालले भने- विदेशी साझेदार भित्र्याउने सम्भावना प्रवल छ ।

विजनेस प्लान बन्दै

हाल कम्पनीले विजनेस प्लान बनाइसकेको छैन । अब विजनेस प्लान बनाउन थाल्ने लम्सालले बताए । ँविजनेस प्लान बनाएपछि सारा कुराहरु समेटिने छ’ उनले भने ।

पहिलो वर्षनै ३ अर्बको कारोबार

कम्पनीले पहिलो वर्षनै ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने लम्सालले बताए । कम्पनीले कारोबार सुरु गरेको वर्षनै ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्छ’ उनले भने । हाल १ अर्ब १० करोड रुपैयाँ वाषिर्क कारोबार भइरहेको छ । प्रत्येक वर्ष २० देखि २५ प्रतिशत व्यवसाय वृद्धि गर्दै जाने योजना छ ।

पाँच अर्ब विदेश

देशमै पुनर्बीमा कम्पनी स्थापना नहुँदा वर्सेनि ठूलो परिमाणमा रकम बाहिरिदै आएको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७०र०७१ मा पुनर्बीमामार्फत ५ अर्ब रुपैयाँभन्दा बढी विदेशिएको छ । यो कम्पनीको स्थापनासँगै विदेशिने रकमको आकार सानो हुने बताइएको छ ।

अफ्रिकनसँग पुनर्बीमा

पछिल्लो समयमा नेपाली बीमा कम्पनीहरुले अफ्रिकन पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउने गरेका छन् । केहि वर्ष अघिसम्म पुनर्बीमाको क्षेत्रमा भारतीय कम्पनीको बाहुल्यता भएपनि भारतीय कम्पनीले बढी शुल्क लिएको भन्दै नेपाली बीमा कम्पनीहरुले अफ्रिकन कम्पनीसँग पुनर्बीमा गराउन थालेका हुन ।

नेपाली बीमा कम्पनीले गराएको बीमाको आफूले सानो अंश मात्र राखेर ९९ प्रतिशतसम्म जोखिम विदेशी पुनर्बीमा कम्पनीमा पठाउने गरेका छन् । आफूले जति कम जोखिम राख्यो पुनर्बीमामा त्यति नै बढी शुल्क तिर्नुपर्छ ।

यस्तो छ सञ्चालक समिति

पहिलो साधारणसभा नभएसम्मका लागि अर्थमन्त्रालयका सहसचिव तथा १ नम्बर कर कार्यालयका प्रमुख शोभकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्यीस सञ्चालक समिति गठन गरिएको छ । जसमा प्रुडेन्सियल इन्सयोरेन्स सिइओ बीकृष्ण महर्जन, नेपाल स्न्योरेन्सका महाप्रवन्धक चन्द्रसिंह साउद, राष्ट्रिय बीमा कम्पनीको सिइओ रमेशराज भट्टराई र शिखर इन्स्योरेन्सको सिइओ दिप प्रकाश पाण्डे सञ्चालक रहेका छन् ।

पहिलो साधारणसभापछि ७ जनाकोा सञ्चालक समिति गठन हुने कानूनी व्यवस्था रहेको लम्सालले बताए । त्यसपछि दुई जना निर्जीबन बीमा कम्पनीबाट, जीबनबाट एक जना, स्वतन्त्र एकजना र सरकारबाट अध्यक्ष लगायत ३ जना रहनेछन ।

चुनौति के ?

बीमा क्षेत्रमा दक्ष जनशक्तिको ठूलो अभाव भएको कुरा नियामक निकायदेखि सबै सरोकारवालाहरुले स्वीकारेकै कुरा हो । यो कम्पनीको पहिलो चुनौति पनि जनशक्ति अभाव नै हो ।

त्यसपछि कम्पनीको व्यापारको आकार बढाउँदै लैजानु, विदेशी व्यापार भित्र्याउने चुनौति छ ।

निकै ठूला र पुराना पुनर्बीमा कम्पनीहरु पनि टाट पल्टिएकाउदाहारण छन । प्रतिस्पर्धी बजारमा टिकाउँदै टाट पल्टिनबाट जोगाउनु अर्को ठूलो चुनौति हो ।

यी चुनौतिको सामना गर्न आफू सतर्क रहेको सिइओ लम्सालले बताए । पुनर्बीमा बुझेका मान्छेहरुको अभाव छ, त्यसैले सुरुमा हामीलाई विदेशी कम्पनीको व्यवसाय ल्याउन गाह्रो हुन्छ । सुरुमा स्वदेशी कम्पनीबाट विजनेस गर्ने हो । सिक्दै जाने हो । पाँच वर्षपछि विदेशी व्यवसाय ल्याउन सक्षम हुन्छौं’ लम्साल भन्छन ।

नेपालीहरुको काम गर्ने शैलीका बीच नयाँ कम्पनीलाई सफल बनाएर देखाउन पहिलो व्यवस्थापनको जिम्मा पाएका लम्साललाई फलामको चिउरा’ चपाएझैं कठिन हुन सक्ने सम्भावना छ । त्यसका लागि उनी स्वयं र उनको टिमको प्राविधिक दक्षता विकास गर्नुपने टड्कारो आवश्यकता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment