Comments Add Comment

नयाँ वर्षमा गोदावरी भिलेज रिर्सोटमा जोडीलाई विषेश छुट

Godawari Resort८ पुस, काठमाडौं । गोदावरी भिलेज रिर्सोटले नयाँ वर्ष सन २०१५ को अवसरमा क्रिसमस तथा न्यु इयर इभ विशेषरुपले मनाउने भएको छ । यस अवसरमा जोडीहरुका लागी विशेष प्याकेज कार्यक्रमको घोषणा गरेको छ ।

यही २५ डिसेम्वर ०१४ साझ ६ बजे लेभिस गाला डिनर, विथ इन हाउस डि.जे र डान्स, नाईट एकोमोडेसन, वेलकम डि्रङ्क, ब्रेकफाष्ट तथा क्रिशमस केक समावेश रहने रिसोर्टले जनाएको छ । रिसोर्टको प्याकेजमा सहभागी हुन जोडीले ६ हजार रुपैयाँ मात्रै तिरे पुग्छ । यो मुल्य सर्भिस चार्ज र भ्याट बाहेकको हो ।

त्यसैगरी ३१ डिसेम्बर साँझ ६ बजेका लागिसमेत विशेष प्याकेजको घोषणा गरेको छ । जस अन्र्तगत नाईट एकोमोडेसन जोडीको लागि, वेलकम डि्रङ्क, लाईभ म्यूजिकल ब्याण्ड, आश्चर्यजनक डोर प्राईज, जनवरी फस्टको ब्रेकफाष्ट समावेश रहने छन ।

नयाँं बर्षको सुरुवात लेभिस गाला डिनर, बीबीक्यू, साथमा सुन्दर मनोरम दृश्यसंगै मन्त्रमुग्ध बनाउन ख्याति प्राप्त अनिल शाही एण्ड व्याण्डद्धारा लाईभ म्युजिक प्रस्तुत गर्नेछन । यो विषेश प्याकेजको मुल्य जोडीका लागि ११ हजार ९ सय ९९ रुपैयाँ रहेको रिसोर्टले जनाएको छ ।

रिसोर्टका महा प्रबन्धक श्री नारायण प्रसाद काˆले यस विशेष प्याकेजको बुकिङ्ग खुल्ला भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment