Comments Add Comment

पोखरामा १६औं सडक महोत्सव हुँदै

Pokhara Views (14)८ पुस, काठमाडौं । आगामी पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा सडक महोत्सव हुने भएको छ । रेस्टुराँ एन्ड बार एसोसियसनले -रेबान) सडक महोत्सव गर्न लागेको हो ।

पोखराको सहिद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किलोमिटर क्षेत्रको सडकमा रेस्टुराँ राखी महोत्सव गरिने महोत्सव व्यवस्थापन मुल समितिका संयोजक चौबहादुर गुरुङले बताए । गुरुङको संयोजकत्वमा २४ सदस्यीय व्यवस्थापन मुल समिति गठन गरिएको छ ।

पोखरा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरु विदेश जाने चलन रहेकोमा अहिले धेरै विदेशी नयाँ वर्ष मनाउन नेपाल आउन थालेको गुरुङले बताए ।

महोत्सवमा पोखराको विभिन्न सांस्कृतिक झाँकीको साथै खेलकुद प्रतियोगगिता गरिने उनले जानकारी दिए । यसैगरी खुला बुद्धिचाल, वृत्तचित्र, फोटो प्रदर्शनी, पत्रकारकाबीचमा खेलकुद, देश विदेशमा ख्याती प्राप्त सांस्कृतिक समूहको कन्सर्ट महोत्सवहुने भएका छन् ।

महोत्सवलाई लक्षित गरेर होटल तथा रेस्टुराँमा विशेष छुट उपलब्ध गराइने छ । प्रत्येक वर्ष पोखराको फेवाताल लेकसाइडलाई समेटेर महोत्सव गरिदै आएको छ । यो सडक महोत्सव १६ औं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment