Comments Add Comment

तेह्र वर्षीया आत्मघाती आक्रमणकारी पक्राउ

१० पुस, लागोस । नाइजेरियाली प्रहरीले एक तेह्र वर्षीया आत्मघाती आक्रमणकारी बालिकालाई पक्राउ गरेको छ ।

नाइजेरियाको उत्तरपश्चिम कानो सहरमा गत डिसेम्बर १० मा कान्टिन क्वारी बजारमा भएको आक्रमणको घटनामा संलग्न रहेकी बालिकालाई प्रहरीले पक्राउ गरेको हो।कानो सहरस्थित पत्रकारहरूलाई प्रहरी प्रमुख आडेरेन्ले सिनाबाले १३ वर्षीया बालिका पक्राउ परेकी बताए ।

उपचारका लागि कानो अस्पतालमा गएकी बालिकालाई प्रहरीले पक्राउ गरेको सिनाबाले जानकारी दिए।

कानो सहरमा गत डिसेम्बरमा कन्टिन क्वारी बजारमा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि उनी अस्पताल पुगेकी थिइन् ।

नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी भिषण आक्रमणहरूमा महिला र बालबालिकासहित हजारौं व्यक्तिको मृत्यु भइसकेको जनाइएको छ । रासस /सिन्हृवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment