Comments Add Comment

एयर एसियाको विमान समुन्द्रमा खसेको संकेत

Air-Asia

१४ पुस, काठमाडौं । १६२ यात्रुसहित हराइरहेको आइतबारबाट एयर एसियाको विमान समुन्द्रमा खसेको संकेत भेटिएको छ ।

इण्डोनेसियाको खोजी तथा उद्दार एजेन्सीका अनुसार विमान QZ ८५०१ समुन्द्रको सतह (पिँध) मा रहेको सम्भावना औल्याएको छ ।

बामबङ्ग सोलिस्टायोले विमान समुन्द्रको सहतमा रहेको अनमाुन गरिएको तर, विमानलाई समुन्द्रको सहतबाट निकाल्ने प्रविधि इण्डोनेसियासँग नरहेको बताए । उनले अन्य देससँग सहयोगको अपील पनि परेको बीबीसीले जनाएको छ ।

जाभा समुन्द्रको बेलीतुङ्ग द्वीपमा विमानको खोजी भइरहेको छ ।

विमानको खोजीमा इण्डोनेपसिाका १२ समुन्द्री जहाज, तीन हेलिकोप्टर र पाँच सैन्य मिलिट्री एयरक्राफ्ट विमान परिचालन गरिएको छ ।
मलेसियाले सी १३० विमान, तीन जहाज र सिंगापुरको एक सी१३० विमान पनि खोजीमा जुटेको छ । अष्ट्रेलियनले पनि योमिसनमा सहयोग गरिरहेको छ ।

एयर एसियाका मालिक टोली फर्नान्डिसले यसलाई जीवनको सबैभन्दा खराव घटना भनेका छन् ।

इण्डोनेसियनाको सुरबायाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान आइतबार विहानबाट सम्पर्कबिहीन छ ।

विमानमा इण्डोनसियाका मात्र १५६ नागरिक छन् भने दक्षिण कारियाका तीन तथा फ्रान्स, मलेसिया र सिंगापुरका एक एक नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment