Comments Add Comment

एयर एसियाको जहाज हरायो, तर यसरी बच्यो दशजनाको परिवार

१४ पुस, जकार्ता । हराइरहेको एयर एसियाको विमानमा यात्रागर्ने टिकट लिइसकेको एक इडोनेसियाली परिवारका १० जना सदस्य भाग्यबस बाँचेका छन् ।

उनीहरुले सोही हराइरहेको विमानमायात्रागर्नेगरी आइतबार बिहान ७ः३० बजेको टिकट लिएका ३६ वर्षीया क्रिश्चियानावतीले बताएकी छिन् ।

तर विमानले उनीहरुलाई छोडेर आˆनो यात्रा समयभन्दा पहिला नै उडान भर्‍यो । विमान त्यसको दुई दुई घन्टा अगावै अथवा बिहानको ५ः३० बजे नै उडेको थियो । सोही कारण उनीहरुको परिवारका १० जनाको ज्यान बचेको थियो ।

‘हामी ७ः३० को उडानका लागि सोही बमोजिमको समय तालिकामा विमानस्थल आइपुगेका थियौँ तर पनि विमान भने दुई घन्टा अगावै उडिसकेछ- उनले भनिन् ।

एकै परिवारका छ जना युवायुवती र अरु पाका मानिस गरी १० जनाको परिवार नयाँ वर्ष मनाउनका लागि आइतबार सिङ्गापुर जाने कार्यक्रम थियो । उक्त विमानमा जाने तयारी भएको परिवारकी एकजना महिला क्रिश्चियानावतीले भनिन्-‘हामीले पहिला नै ७ः३० को नै टिकट लिएका थियौँ तर, त्यहाँ जादा त विमान उडिसकेछ ।’

जहाजको टिकट पहिला नै लिएको तर, एयर एसियाले त्यस उडान समय परिवर्तन गरी दुई घन्टा अगावै विमान उडाएको थियो ।

क्रिश्चियनावती भन्छिन्-‘विमानको सो उडान परिवर्तनको बारेमा जानकारी गराउन एयर एसियाबाट हामीलाई डिसेम्बर १५ र १६ मा गरी दुई दिनसम्म फोन पनि गरिएको रहेछ । तर, हाम्रो आˆनै व्यस्तताका कारण हामीले नै फोन उठाउन सकेनौँ ।’

तर, अहिले आएर अकस्मात विमानको समय परिवर्तन भएको र आफूहरु विमानस्थल पुग्नुभन्दा दुई घन्टा नै अगाडि जहाज उडेको भन्ने जानकारी पछि त हामी निकै रिसायौंँ-उनले भनिन् ।

विमान सेवाका कर्मचारीले हामीलाई सोही समयभन्दा एक घन्टामात्र पछि अर्काे जहाज उड्न लागेकोले त्यसैमा लाने भनी तयारी गरिरहेका थिए र हामी त्यहीँ बस्दाबस्दै जहाज हराएको खबर आयो त्यसपछि हामी सो विमान सेवामा यात्रा नै नगर्ने भनी फर्कियौं-उनले भनिन् ।

क्रिश्चियनावती भन्छिन्-‘यो सबै कुरा सुनेर मलाई निकै नरमाइलो लागिरहेको छ र सिङ्गापुर जान नपाएकोमा पनि हामी दुःखी छौँ ।’

तरपनि यो सबै भगवानले हाम्रो परिवारका लागि रचेको कार्यक्रम रहेछ भनेर हामीले सोचिरहेका छौँ- उनको अनुभव छ । तर त्यो हराएको विमान पनि छिट्टै भटिने र सबैजना सकुसल भेटिने आसा आफुले गरेको पनि उनको भनाइ छ ।

एयरबस ए३२०-२०० को उक्त विमान इन्डोनेसियाको पूर्वी जाभाको सुराबायाबाट आइतबार बिहान सिङ्गापुरतर्फ उडेको थियो ।

विमान हराएको २४ घण्टापछि पनि त्यसको कुनै संकेत देखिएको छैन । खोजी कार्य सोमबार बिहान बाट सुरु भइसकेको जानकारी इन्डोनेसियाको यातायात मन्त्रालयका अधिकारीले दिएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment