Comments Add Comment

‘फ्रेस फेस’ : कथा सुन्न पनि बाहिर गएर बसौं भन्छन् : समिक्षा (भिडियो)

Samikshya Aryal (7)
चितवन घर भएर हाल काठमाण्ठौ बस्दै आएकी समिक्षा अर्याल, सानैबाट चलचित्रको नायिका बन्न चाहन्थिन् । उनको चाहनाले त्यतीबेला सार्थक रुप पायो, जब उनलाई अभिनय र एक्सनको तालिम लिदालिदै चलचित्रको अफर आयो । छोटो समयमा नै उनले ५ वटा चलचित्रमा काम गरिन् । तर, एउटा पनि चलचित्र प्रदर्शनमा नआएकाले उनलाई दर्शकले चिन्ने अवसर अझै पाएका छैनन् ।

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै समिक्षाले आफ्ना चाहना र उद्देश्य खोलिन् । उनले आजसम्म ‘टाइगर द रियल हिरो’, ‘जंग बहादुरको कोर्ट’, ‘काले’, ‘पाप’, र एक्शन(नाम परिवर्तन हुने)चलचित्रमा काम गरेकी छिन् ।

समिक्षा अहिले आफूद्धारा अभिनित चलचित्रको प्रदर्शनको पर्खाइमा रहेको बताउँछिन् । चलचित्रको दुनियाँ सुरुमा आउँदा उनलाई रंगिन लागे पनि विभिन्न खालका नराम्रा नजरले उनको यात्रमा पनि धक्का लाग्यो ।

समिक्षाले अनलाइनखबरसँग खुलस्त भनिन्-‘यहाँ अनेकथरीमा मानिसहरु छन् । सबै नराम्रा छन् भन्न मिल्दैन । तर, केही नराम्राका कारण यो क्षेत्रमा अगाडि बढ्न असजिलो हुँदोरहेछ ।’ आखिर कस्तो घटना भोगिन् त उनले, भनिन्-‘स्त्रिmप्ट सुन्न पनि कतै गएर बसौं । तिम्रो लागि म चलचित्रमा भूमिका बढाइदिन्छु, तिमी के गर्न सक्छ्यौ’ जस्ता घुमाउरा अफर धेरै आएका छन् ।’

उनले यस्तै अफरका कारण आफू धेरै मानिसँग बोल्न छोडेको समेत खुलाइन् । तर, पनि उनको भविष्यमा एउटा स्टार बन्ने सपनालाई यस्ता प्रस्तावले रोकेका छैनन् । समिक्षाले भनिन्-‘यस्ता खालका प्रस्ताव त जहाँ पनि आउँछन्, तर पछाडि फर्केर बस्नुहुन्न । म आफ्नो यात्रामा निरन्तर लागिरहेकी छु ।’

उनले आफ्नो चलचित्रमा लागेर भविष्य निर्माण गर्ने कुरा सानोमा रहर भएपनि अब करिअर नै भएको खुलाइन् ।
यी नव-नायिका आखिर कस्तो चलचित्रमा काम गर्न चाहन्छिन् त-‘मलाई समिक्षा भन्दा पनि पात्र देखियोस् भन्ने लाग्छ । ‘साइको, शारीरिक रुपमा असक्षम, एक्सन बिषयका चलचित्र गर्ने रहर छ ।’Samikshya Aryal (1)

Samikshya Aryal (10)

चलचित्रमा व्यक्ती भन्दापनि अभिनय देखिनुपर्ने उनको तर्क छ । उनले चलचित्रमा आफूले उच्छृङ्खल दृश्य नदिने बताइन् । समिक्षालाई आफू कस्तो लाग्छ त ? रमाइलो पारामा उनले भनिन्-‘म ठिकै छु भन्ने लाग्छ । मलाई लाग्दैन म एकदमै  सुन्दर देखिन्छु । तर, पर्दामा ‘छि’ भन्ने पनि छैन ।’

नेपाली चलचित्रमा कलाकार बन्न दिनुहँ धेरै अनुहार आउँछन् । तर, सपना सबैको पुरा भएको छैन । सयमा १ जनाले यो क्षेत्रमा आफ्नो भाग्य चम्काउँछन्, अरु संघर्षको यात्रामा नै थाक्छन् । समिक्षा कुन भिडमा पर्नेछिन्, समयले नै बताउँनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment