Comments Add Comment

एयर एसियाको विमान जाभा समुन्द्रमा दुर्घटना, ४० शव भेटियो

AirAsia-QZ8504

१५ पुस, काठमाडौं । आइतबारदेखि हराइरहेको एयर एसियाको विमान जाभा समुन्द्रमा दुर्घटना भएको पुष्टि भएको छ ।

समुन्द्रमा ४० जनाको शव भेटिएको छ । शव तथा विमानका टुक्राहरु एयर एसियाको विमान त्तश् ८५०१ को भएको इण्डोनेसियाका अधिकारीहरुले बताएका छन् ।

विमानकोे खोजीका क्रममा मंगलबार दिउँसो जाभा समुन्द्रको इण्डोनेसियातर्फको बोनियो क्षेत्रमा विमानको टुटेफुटेका जस्ता देखिने बस्तुहरु देखिएको थियो ।

उक्त क्षेत्रमा पानी जहाजसहिको टोली पुगेको छ ।

INDONESIA-SINGAPORE-MALAYSIA-AVIATION-AIRASIA

आइतबार विहान १६२ यात्रु लिएर इण्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको थियो । विमानको खोजीमा ३० भन्दा बढी पानी जहाज, १५ एयर क्राफ्ट र सात हेलिकोप्टर परिचालन गरिएको थियो ।

TOPSHOTS-INDONESIA-SINGAPORE-MALAYSIA-AVIATION-AIRASIA INDONESIA-SINGAPORE-MALAYSIA-AVIATION-AIRASIA

_79982871_025239812-1 Indonesia PlaneINDONESIA-SINGAPORE-MALAYSIA-AVIATION-AIRASIA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment