Comments Add Comment

ओबामाले नवविवाहित दम्पतीसँग माफी मागे

Obama

१६ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक नवविवाहित दम्पतीसँग माफी मागेका छन् ।

आफ्नो गल्फ खेल्ने कार्यक्रमका कारण विवाह स्थान परिर्वतन गर्नु परेपछि ओबामाले माफी मागेका हुन् । नताली हेमल र एडवर्ढ मेलू जुनियरले आएतबार राष्ट्रपतिको होलिडे होम नजिकै रहेको सेनाको गल्फ मैदानमा विवाह कार्यक्रम राखेका थिए ।

तर, ओबामाको गल्फ कार्यक्रमका कारण उनीहरुले विवाह कार्यक्रम अन्तै गर्नुपर्‍यो । यसको जानकारी पाएपछि ओबामाले नतालीलाई फोन गरेर विवाहका लागि बधाइ दिए ।

साथै आफ्नो गल्फ कार्यक्रममा विवाह स्थान परिर्वतन गर्नु परेकोमा माफी मागेका छन् । यदि कसैले विवाहबारे बताएको भए त्यहाँ आफूले नखेल्ने समेत बताएका छन् ।

हेमलकी बहिनीले समाचार एजेन्सी एपीलाई बताए अनुसार विवाहको एक दिन पहिले शनिबार कार्यक्रम स्थल परिर्वतन गर्न भनिएको थियो, किनकी त्यहाँ ओबामा र उनका साथीहरुले गल्फ खेल्नु पर्ने भयो ।

नताली हेमल र एडवर्ड मेलू जुनियर अमेरिकी सेनाको क्याप्टेन पदमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment