Comments Add Comment

नयाँ वर्ष मनाउने क्रममा शांघाईमा भिडमा चेपिएर ३५ को मृत्यु

A crush at New Year's Eve celebrations in Shanghai

१७ पुस, काठमाडौं । चीनको शंघाइ शहरमा नयाँ बर्षको खुसी मनाउन जम्मा भएको भिडमा चेपिएर ३५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

सिन्ह्वाका अनुसार घटना शांघाईको हुआङ्ग्पु जिल्लाको चेन्यी स्क्वायरमा भएको हो । घटनाका कारण पत्ता नलागेको बताइएको छ ।

समाजिक सञ्जाल सिना वीबोमा एक व्यक्तिले लेखे अनुसार स्क्वायर क्षेत्रमा मानिसहरुको यति ठूलो उपस्थिति थियो कि यताउता हिडडुल गर्ने समेत सकिन्नथ्यो, भिड जताजान्छ त्यतै जानुपर्ने अवस्था आयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment