Comments Add Comment

स्टेजमा बिकिनीको लगाउने चलनको बिरोध गर्दै प्रियंका

मुम्बई । बलिउड अभिनेत्री एवं पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले बिभिन्न सुन्दरी प्रतियोगितामा बिकनी लगाएर सुन्दरीलाई मञ्चमा प्रस्तुत गर्नु सही नभएको बताएकी छिन् ।

priyanka_chopra_bikiniसन् २००० मा विश्व सुन्दरी भएकी प्रियंका आफुलाई यो कुरामा पनि भाग्यमानी ठान्छिन कि, उनले मिस वर्ल्डमा बिकिनी नै लगाउनु परेन् । कारण, त्यतिबेला बिकिनी सेसनको चलन नै थिएन ।

त्यसपछि आयोजक संस्थाले मिस वल्डमा सहभागी हुने सुन्दरीले बिकनी लगाएर स्टेजमा प्रस्तुत हुनुपर्ने नियम बनाए । अहिले फेरी आयोजक संस्थाले प्रतियोगितामा सहभागीले बिकनी लाउनैपर्ने नियम हटाएका छन् ।

नियम भंग भएकोमा खुसी भएकी प्रियंकाले भनिन-‘अग्लो हिल लगाएर बिकनीमा मञ्चमा क्याटवाक गर्नु सजिलो छैन ।’
समुन्द्रको किनार वा स्वीमीङ पुलमा गरिने बिकनी फोटो शुटलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछिन प्रियंका ।

बिकिनीबारे उनको निष्र्कष छ- ‘स्वीमीङ पुलमा फोटो सुट गर्नुलाई स्वभाविक रुपमा लिनुपर्छ । तर, स्टेजमा बिकनी सुहाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment