Comments Add Comment

२०१५ मा शाहरुख, सलमान र अमिताभ विच भिडन्त हुने

3 top lider
सन् २०१५ मा कुन कुन फिल्म कुन मितीमा प्रदर्शन हुनेछ भन्नेमा बलिउड फिल्मकर्मी जानकार छन् ।
अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले केही फिल्म रिलिजको तिथीसँगै ती फिल्ममा बारेमा आंशिक जानकारी समेत दिएको छ ।
यो वर्ष अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, अक्षय कुमार लगायतको फिल्म प्रदर्शन हुने छ भने, अमिर खान र अजय देवगणको कुनै फिल्म लाइनमा छैन् ।
शाहरुखका दुई फिल्म
शाहरुख खानले दोहोरो भुमिका निर्वाह गरेको ‘फयान’ यही बर्ष सार्वजनिक हुने छ । मनिष शर्माको निर्देशन रहेको यो फिल्म आदित्य चोपडाको लगानीमा बनेको छ । १४ अगस्तमा रिलिज हुने यस फिल्ममा शाहरुखको फ्यानको भुमिका वाणी कपुरले रहेकी छिन् ।
राहुल ढोलकियाको निर्देशन रहेको ‘रइश’ पनि यसै वर्ष रिलिज हुने छ । यस फिल्ममा शाहरुखसँग फरहान अख्तर, नवाजुद्धिन सिद्दकी र माहिरा खान रहेका छन् ।
सलमानका चार फिल्म
गएको वर्ष दर्शकमा राम्रै प्रभाव पारेका सलमान खानको यो वर्ष दुई फिल्म प्रदर्शन हुने भएको छ । सुरज बड्जात्याको फिल्म ‘प्रेम रतन धन पाया’ मा सलमानले सोनम कपुरको प्रेमीको भुमिका निर्वाह गरेका छिन् ।
अर्को फिल्म ‘बजरंगी भाइजान’ पनि उनको प्रतिक्षित फिल्म हो । एक था टाइगर निर्देशक कबीर खानले बनाउने यस फिल्ममा सलमानको अतिरिक्त करिना कपुर, नवाजुद्धिन सिद्दकी, इमरान हासमी लगायतका कलाकारले अभिनय गरेका छन् ।
यही साल उनी अक्षयकुमारको एक फिल्ममा अतिथि कलारकार बनेर देखिने छन भने अर्को एक फिल्ममा पनि उनी अतिथिका रुपमा देखिने छन् ।
अमिताभका तीन फिल्म
यो वर्ष अमिताभ बच्चन अभिनित तीन फिल्म प्रदर्शन हुने छन् । ६ फेब्रुअरिमा ‘शमिताभ’ रिलिज हुने छ । यस फिल्ममा दक्षिण भारतीय अभिनेता धनुष, अमिताभ बच्चन र कमल हसनकी छोरी अक्षरा हसनले मुख्य भुमिका निर्वाह गरेका छन् ।
‘पा’ र ‘ङंग्लीस विग्लीस’ को निर्देशन गरेका आर बाल्कीले यस फिल्मको निर्देशन गरेका छन् ।
अभिताभकै अभिनय रहेको अर्को फिल्म ‘पिकु’ ३० अपि्रलमा रिलिज हुने छ । अमिताभ बच्चन र दीपिका पादुकोणले यसमा मुख्य भुमिका निर्वाह गरेका छन् ।
अर्को फिल्म ‘वजीर’ पनि यहि वर्ष प्रदर्शन हुने भएको छ । यसमा फरहान अख्तर देखिएका छन् अमिताभ बच्चनका साथमा ।
अमिर र अजयको फिल्म छैन
‘पिके’ को प्रदर्शनमा ब्यस्त रहेका अमिर खानले यो वर्ष नयाँ फिल्म ल्याउने सम्भावना देखिदैन । ‘दंगल’ नाम राखेर फिल्म बनाउने घोषणा गरेका अमिर यस फिल्ममा पहलमानको भुमिकामा हुने छन् । तर, उनको फिल्म सन् २०१५ मा नभै सन् २०१६ मा मात्र रिलिज हुने बताइएको छ ।
अर्का नायक अजय देबगणको पनि यो वर्ष नयाँ फिल्म आउने सम्भावना छैन । यो वर्ष उनी आफैले फिल्म निर्देशन गर्ने भएकाले पनि अन्य फिल्मलाइ महत्व दिएका छैनन् ।
अक्षयका ३ फिल्म
अक्षयकुमार बर्षमा सवैभन्दा धेरै फिल्म खेल्ने हिरोका रुपमा चिनिन्छिन् । अक्षयकुमार अभिनित फिल्म ‘बेबी’ जनवरीमा रिलिज हुने छ । यस फिल्ममा मुख्य भुमिका निर्वाह गरेका छन् अक्षय कुमार, राणा दग्गुबाती र अनुपम खेरले ।
यस फिल्मको निर्देशन नीरज पाण्डेले गरेका छन् । पाण्डेले यस अघि ‘अ वेनसडे र ‘स्पेशन २६’ निर्देशन गरेका थिए । जुन फिल्मको निकै प्रसंसा पाएका थिए ।
अक्षयको ‘सिंह इज किङ’ हिट भएको थियो । शायद त्यहि कारण पनि हुनसक्छ । ‘आर राजकुमार’ का निर्देशक प्रभु देवाले अक्षय कुमारसंगै ‘सिंह इज ब्लिंग’ बनाएका छन् । यो फिल्म पनि यहि वर्ष प्रदर्शन हुने भएको छ ।
यसको निर्देशक रहेका छन् बिजय नम्बिरआर । जसले यसअघि शैतान र पिज्जाको निर्देशन गरेका थिए । यो फिल्म ६ मार्चमा रिलिज हुने भएको छ ।
सोनाक्षी सिन्हा, श्रुती हसन, सलमान खानसंग अक्षयले अभिनय गरेको फिल्म ‘गब्बर’ पनि यसै वर्ष प्रदर्शन हुने भएको छ ।
पि्रयंका चोपडा, कटि्रना कैफ, करिना कपुर, दीपिका पादुकोण, अलिया भट्ट, विद्या वालन, सोनम कपुर, अनुष्का शर्मा लगायतका हिरोइनले अभिनय गरेको फिल्म यसै वर्ष रिलिज हुने भएको छ ।
अन्य नायकहरु रणबीर कपुर, इमरान हासमी, आदित्य रोय लगायतको फिल्म रिलिज हुने भएको छ ।
अर्जुन रामपाल, ज्याकलिन फर्नाडिस र रणबीर कपुरको मुख्य भुमिका रहेको ‘राय’ १३ फेब्रुअरिमा रिलिज हुने भएको छ ।
‘दिल धड्कने दो’ ५ जुनमा
‘दिल धडकने दो’ का निर्देशक रहेका छन् जोया अख्तर । यस फिल्ममा पि्रयंका चोपडा, अनुष्का शर्मा, रणबीर सिंह, फरहान अख्तर, अनिल कपुर, शेफाली शाहले अभिनय गरेका छन् । आउदो ५ जुनमा फिल्म रिलिज हुने भएको छ ।
‘फितुर’ एउटा रोमान्टिक फिल्म हो । यसमा कटि्रना केफ र आदित्य रोय कपुरले मुख्य भुमिका निर्वाह गरेका छन् । डिसेम्बरमा फिल्म रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment