Comments Add Comment

चालकविहीन जहाजबाट यात्रुको उद्धार प्रयास जारी

१८ पुस, एजेन्सी । चालक विहीन एक व्यापारिक समुद्री जहाज इटली तर्फ अघि बढेपछि त्यसमा सवार करिब साढे चार सय व्यक्ति त्रसित भएका छन् ।

ezadeen_Shipइटलीयन तट रक्षकका अनुसार ‘द एजादीन’ नामको सो जहाजमा सियरा लियोनको झण्डा छ । त्यसमा सबै प्रवासी छन् । उनीहरु मानव तस्करको फन्दामा परेको बताइएको छ ।

उद्धारको प्रयास

एक प्रवासीले रेडियो तरंगको माध्यमबाट आफूहरु चालक विहीन जहाजमा रहेको र सो जहाज इटलीतर्फ अघि बढिरहेको सन्देश प्रवाह गरेपछि उद्धारको पहल सुरु गरिएको थियो ।

खतरनाक समुद्री लहरका कारण जहाजमा बिजुली बत्ति छैन । ७३ मिटर लामो सो जहाजलाई सुरक्षित उद्धार गर्ने प्रयास भैरहेको छ । यद्यपी प्रतिकूल मौसमका कारण कठिनाइ भैरहेको अधिकारीहरुले बताएका छन् । यो जहाज ५० बर्ष पुरानो हो । यसलाई पशुहरु ओसार्न प्रयोग गरिन्छ ।

यसअघि गत बुधबार ‘द ब्लू स्काई एम’ नामको यस्तै प्रकारको एक जहाजबाट ९ सय ७० जना प्रवासीलाई उद्धार गरिएको थियो । सो जहाजलाई चालक दलका सदस्यहरुले ‘अटो पाइलट’ मोडमा राखेर भागेका थिए । अधिकांश सीरियाका नागरिक रहेका उनीहरुलाई मानव तस्करले प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment