Comments Add Comment

आतंकवाद विरुद्ध बहस होइन, कारवाही : नवाज शरीफ

१९ पुस, पाकिस्तान । पाकिस्तानले आतंकवादीहरु विरुद्ध कडा कारवाही सुरु गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री नवाज शरीफले बहस नभई कारवाहीको बेला भएको भन्दै अब कडा कदम चाल्ने घोषणा गरेका छन् ।

NAWAJ-SARIF-AT-KATHMANDUसर्बदलीय बैठकमा शरीफले सर्बदलीय बैठकमा राष्ट्रिय कारवाहीको योजना लागू गर्न तयार पारिएको मस्यौदामा कुनै बहस आवश्यक नरहेको बताए ।

शुक्रबार इस्लामावादस्थित प्रधानमन्त्री निवासमा मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, स्थल सेना प्रमुख र गुप्तचर विभागका प्रमुखसमेतको सहभागीता थियो ।
पेशावरमा १ सय ३२ बालबालिका सहित १ सय ४० जनाको ज्यान जानेगरी तालिवान लडाकूले आक्रमण गरेपछि पाकिस्तान सरकारले आतंकवाद विरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ ।

पेशावर घटनापछि फाँसीको सजाय ब्युँताएको पाकिस्तान सरकारले आतंकवाद विरुद्धको सुनुवाई गर्ने छुट्टै सैन्य अदालत स्थापना गर्ने तयारी समेत गरेको छ ।

यद्यपी कतिपय राजनीतिक दलका नेताहरुले समानान्तर अदालतको औचित्यमाथि प्रश्न उठाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment