Comments Add Comment

अमिताभले भने- मलाई मोदी सरकारको बिज्ञापन गर्नु छैन्

38728-amitabh-bachchan.jpg
मुम्बई । बलिउड सुपरस्टार अमिताभ बच्चनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको कुनै पनि बिज्ञापन नेखेल्ने घोषणा गरेका छन् ।
मोदीले अमिताभलाई बिज्ञापनमा अभिनय गर्न आग्रह गरेको खवर आइरहेका बेला अमिताभले ट्वीट गर्दै भने- ‘म नरेन्द्र मोदी सरकारको कुनै विज्ञापन गर्दिन ।’
अमिताभले ट्वीटरमा लेखेका छन् ‘प्रधानमन्त्री कार्यालय (पीएमओ) या खुद प्रधानमन्त्रीले मलाई सरकारको कुनै विज्ञापनमा जोडिन भनेका छैनन् । विज्ञापन निर्माण हुने खबर पुरै गलत हो ।’
पछिल्ल्ाो केही दिन यता मिडियामा भारत सरकारले निर्माण गर्ने विज्ञापनमा अभिताभ बच्चनले अभिनय गर्ने खवर आइरहेका छन् । केही मिडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमिताभ बच्चन विच यस विषयमा कुरा भएको समेत भनेर लेखेका थिए ।
यस अघि अमिताभ ‘पोलियो उन्मुलन’ र ‘स्वाच्छ भारत अभियान’ जस्ता सरकारी कार्यक्रमका सद्भावना दूत थिए ।
पछिल्ल्ाो दिन दिल्ली आएका अमिताभको मोदीसँग भेट भए लगत्तै विज्ञापनसँग जोडिएको कुरा चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment