Comments Add Comment

जान्नुहोस् ‘सोले’को दश रहस्य

sole
‘कितने आदमी थे… भन्ने संवाद आज पनि हिन्दी फिल्मको सर्वोत्कृष्ट संवाद मानिन्छ । बलिउडको क्लासिकल सुपरहिट मानिने फिल्म ‘सोले’ हेरेर आज पनि मनोरञ्जन लिन्छन् दर्शकहरु ।

यो चर्चित फिल्मका निर्देशक रमेश सिप्पी अहिले ६८ वर्ष पूरा भए । सन १९४७ मा कराँचीमा उनको जन्म भएको थियो । ७० देखि ८० को दशकमा केही चर्चित फिल्म निर्देशन गरेका छन् उनले । सागर, शक्ति, शान, सीता और गीता, अन्दाज उनका चर्चित फिल्म हुन् । धेरै फिल्म बक्स अफिसमा हिट भएपनि ‘सोले’ ले शिखरमा पुर्‍यायो । ‘सोले’ कसरि बनेको थियो, सोलेका केही रहस्य यस्तो छ :

  • सोलेमा ट्यांकिमाथि चढेर बसन्तीलाई प्रेमप्रस्ताव राख्ने दृष्य कसैको रियल लाइफवाट प्रेरित थियो ।
  • ट्रेनको चोरीवाला दृष्य मुम्बई स्थित पूणे लाइनमा २० दिन सुटिङ गरिएको थियो ।
  • फिल्मको अन्तिममा धर्मेन्द्रले चलाएको गोलीवाट अमिताभ बच्चन थोरैले बाँचेका थिए ।
  • सुरुमा अभिताभलाई गब्बरको भुमिका दिने कुरा थियो । धर्मेन्द्रले ठाकुरको भुमिका चाहेका थिए ।
  • जब सञ्जीब कुमारले रियलमा हेमा मालीनीलाई प्रेमप्रस्ताब राखेको धर्मेन्द्रले थाह पाए तुरुन्तै धर्मेन्द्रले बिरुको भुमिका स्वीकारे । किनकी धर्मेन्द्र हेमा मालिनीसँग एकोहोरो प्रेम गर्थे ।
  • फिल्मको सुटिङ बैंग्लोरको रामनगर क्षेत्रमा भएको थियो । फिल्म सुपरहिट भएपछि यस फिल्मको नाम रमेश सिप्पीसँग जोडेर सिप्पीनगर राखियो ।
  • सञ्जीबले हेमालाई प्रेम प्रस्ताब राखे ।
  • फिल्ममा हेमा मालिनी को एक सिन पनि सञ्जीब कुमार र जया भादुडीसँग गरिएको छैन । किनकी सुटिङ सुरु हुनु अघि नै सञ्जीब कुमारले हेमालाई प्रेम प्रस्ताब राखेका थिए । जुन कुरा हेमालाई मन परेको थिएन ।
  • अमिताभ भन्दा पहिला शत्रुघन सिन्हालाई ‘जय’ भुमिकामा निर्देशकले सम्झौता गरेका थिए । पछि अमिताभले अभिनय गरेर निर्देशलाई उक्त भुमिकाका लागि आफु फिट रहेको साबित गरेका थिए ।
  • डेनीले मौका पाएनन्

    यस फिल्ममा गब्बरको भुमिकाका लागि पहिला डेनी डेङजोम्पालाई अफर गरिएको थियो । डेनी ‘धर्मात्मा’ को सुटिङका लागि अफगानिस्तान गएकाले पाएनन् ।
    फिल्ममा पात्रहरुको नाम सलीम-जाबेदले आफ्ना नजिकका मान्छेहरुवाट राखेका थिए । जय र बीरु सलीम खानका सानो छँदाको साथीको नाम थियो भने ठाकुर बलदेव सिंह सलीमको ससुराको नाम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment