Comments Add Comment

बलिउडका हट जोडी जो बक्स अफिसमा फ्लप भए

फिल्म चल्न त्यसमा अभिनय गर्ने मुख्य दुई कलाकार निकै ठूलो भूमिका हुन्छ । कुन हिरो र कुन हिरोइनको जोडी छ भन्ने हेरेरै धेरै दर्शक हलसम्म पुग्छन् । दुईमध्ये कुनै एक सुपरस्टार हुनु वा नहुनुले फिल्मलाई खासै ठूलो असर गर्दैन् ।

उनीहरुको जोडी कत्तिको जम्यो, त्यस आधारमा दर्शक हलसम्म पुग्छन् । एउटा फिल्म चल्यो भने निर्माता निर्देशक त्यही जोडीलाई लिएर फिल्म बनाउन तछाडमछाड गर्छन् । तर, हालै यस्ता केही हट जोडी आए जसले दर्शकको मन जित्न सकेनन् । बलिउडका मिडियाले तयार पारेको जम्न नसकेका केही अनक्रिन जोडीको सूची-

arjun-sonakchi

अर्जुन कुपर-सोनाक्षी सिन्हा

अर्जुन कपुर र सोनाक्षी सिन्हावीच रियल लाइफमै अफयेर चलेको हल्ला चलाइएपनि उनीहरुले अभिनय गरेकेा तेवरले बक्स अफिसमा कुनै कमाल गर्न सकेन् । उनीहरु अफस्त्रिmनमा जति जमेका थिए, त्यति पनि जम्न सकेनन् अनस्त्रिmनमा । जसले गर्दा दर्शक उनीहरुलाई हेरेर निराश भए ।

रणवीर सिंह-परिणीति चोपडा

रणवीर र परिणीति पहिलोपटक लेडिज भर्सेस रिक्की भाईमा जोडी बनेर देखापरेका थिए । त्यसले दर्शकको खासै मन जित्न सकेन् । त्यसपछि उनीहरु किल दिलमा जोडी बनेर देखिए, त्यसलाई पनि दर्शकले मन पराइदिएनन् । जसले गर्दा उनीहरुको जोडी पछिल्लो बर्ष फ्लप सावित भयो ।

सैफ अलि खान-यलियान डी क्रुज

सैफ अलि खान र बर्फी फिल्ममार्फत् दर्शकको मन जित्न सफल यलियाना डी क्रुजले फिल्म ह्याप्पी इण्डिङमा अनस्त्रिmन जोडीको रुपमा काम गरेका थिए । तर, फिल्मको नामजस्तै उनीहरुको ह्याप्पी इण्डिङ भएन, दर्शकले उनीहरुको जोडीलाई पत्याइदिएनन् र फिल्मको स्याड इण्डिङ भयो ।

kareeena-imranइमरान खान-करिना कपुर

यो जोडीले पहिलोपटक ‘एक मै ओर एक तु’ मा जोडी बनेर काम गरेको थियो । यो फिल्मले बक्स अफिसमा कमाल गर्न नसके पनि ‘गोरी तेरे प्यार’ मा पुनः निरन्तरता पायो । तर, यो जोडीको अनस्क्रिन केमेष्ट्रीप्रति दर्शकले रातोबत्ति बालिदिए ।

आदित्य रोय कपुर- परिणीति चोपडा

आदित्य र परिणीतिले ‘दावत ए इष्क’मा जोडी बाँधेका थिए । यशराज फिल्मले बाँधिदिएको यो जोडीले बक्स अफिसमा कमाल गर्ने आशासहित धेरै ठाउँमा प्रोमोसनमा सरिक भए । तर, यो जोडीले दर्शकलाई आर्कषिर्त गर्न सकेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment