Comments Add Comment

डान्स इन्डिया डान्सका प्रदीप गुरुङ नेपाल आउने

काठमाडौं । रियालिटी शो ‘डान्स इण्डिया डान्स’को तेस्रो सिजनका बिजेता प्रदीप गुरुङ १० दिने डान्स वर्कशपका नेपाल आउने भएका छन् ।

डि्रम ˆयाक्ट्री इन्टरटेन्मेन्टको निमन्त्रणामा नेपाल आउन लागेका गुरुङले नेपालमा कन्टेम्पोररी डान्स प्रशिक्षण समेत दिने भएका छन् ।

डि्रम फ्याक्ट्री इन्टरटेन्मेन्टको आग्रहमा पहिलोपटक नेपाल आउन लागेका गुरुङ नेपालमा नृत्यका केही विधामा उपयोगी टिप्स प्रस्तुत गर्ने योजनामा छन् ।

यसपाली गुरुङले लिरिकल, हिपहप र लिकुइद पपिङ विधामा तालिम दिने भएका छन् । गोहाटी आसामका स्थायी बासिन्दा गुरुङ डिआइडी सिजन ३ मा उत्कृष्ट भएका थिए ।

डि्रम फ्याक्टि्रकी निर्देशक लक्ष्मी मुलिचा सुनुवारका अनुसार वर्कशपको अन्तिम दिन विशेष समारोहका साथ उत्कृष्ट ६ जना डान्सरले गुरुङसँग कफी गफ गर्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment