Comments Add Comment

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल कति तयार ?

Nepali-Cricket-Team

राजकुमार श्रेष्ठ

१२ माघ, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलमा पेश भएको प्रस्ताव पास भए भने नेपालले अबको दुई वर्ष वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ ।

नामिबियामा डिभिजन टूमा नेपाल चौथो भयो । तर, नेपाल र केन्यालाई पनि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिने प्रस्ताव गएको छ ।

नेपाली प्रशिक्षक पुवुदु दशानायकले भने-यो प्रस्ताव गएको छ तर, आईसीसीले निर्णय गर्न बाँकी छ । सामान्यतया प्रस्ताव गएपछि ९९ प्रतिशत हुन्छ ।’ उनले अघि भने-हामी टप टुमा पर्न सकेनौं तर, टप टीमलाई हरायौं । मेरो व्यक्तिगत विचारमा नेपालले जे चाहेको थियो, त्यो पाएको छ ।’

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल छनोट भयो भने स्कटल्याण्ड, आयरल्याण्ड, जस्ता देशहरुलाई ५० ओभरको दुई-दुई खेल खेल्ने मौका पाउनेछ ।

डिभिजन टू खेलेर नेपाली टीम सोमबार घर फर्किएको छ । अबको दुई महिना कुनै पनि अन्तराष्ट्रिय खेल तालिका छैन । घरेलु लिगको अत्तोपत्तो छैन ।

टेष्ट कन्ट्रीको क्लब क्रिकेट संरचना खेल्नुपर्छ

यस्तो अवस्थामा हामीले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पायौं भने हामी तयार छौं त ? प्रशिक्षक पुवुदु भन्छन्-‘हामी छनोट भयौं भने म एकदमै खुसी हुनेछ । तर, अर्को पक्षबाट हेर्दा हामी १०० प्रतिशत तयार छैनौं । हामीसँग त्यसको तयारीका लागि आवश्यक प्रतियोगिता छैन ।’

Pubudu-Dassanayake

नेपाली टीमका कप्तान पारस खड्का मत पनि प्रशिक्षक पुवुदुको जस्तै छ । ‘अब नेपाली क्रिकेटरहरुलाई टेष्ट खेल्ने देशहरुमा क्लब क्रिकेट संरचनामा अव्यस्त बनाउनुपर्छ । यो नै अगाडि जाने बाटो हो’-खड्काले भने ।

अहिलेसम्म नेपाली क्रिकेटरहरु सिमित घरेलु प्रतियोगिता र क्याम्पको भरमा खेल्दै आएका छन् । त्यसका आधारमा नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन चानचुने कुरा होइन । तर, नेपाली क्रिकेट अहिले जुन स्तरमा पुगेको छ, त्यसबाट तल नर्झन र अघि बढाउन यतीले मा पुग्दैन ।

पुवुदु नेपाली क्रिकेटरहरुले अब देश बाहिर गएर राम्रो क्रिकेट खेल्नुपर्ने बताउँछन् । साथै नेपालको घरेलु लिग संरचना पनि सुधार गर्नुपर्ने बताए ।

सफलताको श्रेय पाँच बलरलाई

डिभिजन टूमा नेदरल्याण्ड र नामिबियाविरुद्ध नेपालले हात पारेको जित निकै महत्वपूर्ण हो । पहिलो खेलमा नै युगाण्डासँग ब्यहोरको हार भने झड्का थियो ।

टीमका कप्तान र प्रशिक्षक दुबै यसमा सहमत छन् । प्रशिक्षक पुवुदुले भने-‘युगाण्डासँगको खेलले निकै निराश बनायो । तर, समग्रमा हाम्रा खेलाडीहरुले नामिबियामा जस्तो खेले, त्यसबाट म सन्तुष्ट छु ।’

उनका अनुसार डिभिजन टूमा तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको ओपनिङ जोडी सिंगो प्रतियोगितामा नै उत्कृष्ट बलिङ जोडी रहृयो । उनले भने-‘नेदरल्याण्ड र नामिबियाभन्दा हामीले राम्रो जोडी भेटाएका छौं ।’

नामिबियामा नेपालले हात पारेको सफलताको मुख्य कारण पाँच बलर (सोमपाल, करण, पारस, शक्ति गौचन र बसन्त रेग्मी) भएको उनले बताए ।

ब्याट्सम्यानको क्षमतामा प्रश्न छैन

Parash-Khadka

ब्याटिङमा नेपालले ओपनिङ जोडी जमेन भने फिनिसिङ पनि चित्त बुझ्दो रहेन । कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालीको ब्याटिङ सम्हाले । चौथो स्थानका लागि भएको खेलमा विनोद भण्डारीले ७७ रन बनाए ।

तर, प्रशिक्षक पुवुदु दशानायके भन्छन्-‘नेपाली ब्याट्सम्यानहरुको क्षमतामा कुनै प्रश्न छैन । मुख्य कुरा मेन्टालिटी हो, जुन पारस र ज्ञानेन्द्रले देखाए । विनोद अन्तिममा आए । शरद पनि थिए । तर, नयाँ खेलाडीहरु क्षमतावान छन् । प्रतियोगितामा असफल भए भनेर चिन्ता लिनु पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment