Comments Add Comment

समुन्द्री किनारको बिकिनी पोजले जसलाई फलिफाप भयो

भनिन्छ सभ्यताको सुरुवातै समुन्द्र किनारवाट भएको हो । फिल्म र मोडलिङमा लाग्नेहरुका लागि पनि पछिल्लो समय समुन्द्री किनारको सुरुवात निकै फलिफाप भएको देखिन्छ ।

समुन्द्री किनारमा उभिएर हट पोज दिएकै कारण कतिपय नायिका एवं मोडल चर्चामो शिखरमा पुगेका छन् ।

फोटो कमजोर किन नहोस समुन्द्री किनारको पोजले अन्यको तुलनामा बढी चर्चा पाउने हुँदा धेरै मोडलका लागि आकर्षक स्थल बनेको छ समुन्द्री किनार ।

केही यस्ता सेलीब्रेटीहरु छन् जसले समुन्द्री किनारमा खिचेका तस्बिरकै कारण बढी चर्चा पाए । ‘टाइम्स अफ इण्डिया’ ले त्यस्ता केही सेलीब्रेटीको सूची नै बनाएको छ । हेरौं सुचिमा को-को परेका छन् ।

mugdha godse

मुग्धाको सेतो ड्रेसको चर्चा
मुग्धा गोड्सेले समुन्द्री किनारमा उभिएको तस्बिरवाट निकै चर्चा पाइन् । जहाँ, उनले सेतो बिकनीमा समुन्द्र किनारमा उभिएर फोटो ग्राफरलाई पोज दिंदै थिईन् ।
त्यसरी किनारमा उभिएर फोटो शेसन गराएकी मुग्धाका केही थान तस्बिरले निकै चर्चा पाएको थियो । ग्ल्यामर तस्बिरकै कारण चर्चामा आएकी थिईन् मोडल शर्लिन चोपडा । उनलाई पनि चर्चाको शिखरमा पुर्‍याउने काममा समुन्द्री किनारले सहयोग गरेको छ ।

समुन्द्री किनारमा उभिएकी शर्लिनको पुठ्ठामा हिलो लागेको तस्बिरले निकै चर्चा पायो ।

लगभग शर्लिनकै जस्तो चर्चा पायो नारगिश फाखरीको रातो बिकनीमा खिचेको तस्बिरले । उनले पनि समुन्द्र किनारमा कामुक पोज दिएकी थिईन् ।

nargis-fakhri
नारगिश

कामसुत्र थ्री डीमा अभिनय गरेर चर्चामा आएकी बिना मल्लिकले पनि समुन्द्री किनारमा खिचेको तस्बिरवाट राम्रै भाउ पाएकी थिईन् ।

छिर्केबिर्के लुगामा सजिएकी बिनाले छाता ओढेर फोटोग्राफरलाई पोज दिएकी थिईन् ।

मोडल एवं अभिनेत्री ईशा गुप्तालाई पनि समुन्द्री किनारको बसाइले माथी उक्लन सघाउ पुर्‍याएको थियो ।

पेरिस हिल्टन
पेरिस हिल्टन

हिल्टनलार्इ पनि समुन्द्र फाप्यो
सेतो बिकनीमा समुन्द्र किनारमा टहलिंदै गरेकी मोडल पद्यमा लक्ष्मीको पनि तस्बिर सार्वजनिक भएपछि निकै धेरै चर्चा भयो । अमेरिकन अभिनेत्री पेरिस हिल्टन पनि समुन्द्र किनार सेक्सी पोज दिन निकै रमाइलो मान्छिन् ।

उनका धेरै तस्बिर छन् । जहाँ उनले मुसुक्क हाँस्दै फोटोग्राफरलाई पोज दिएकी छिन् । त्यस्ता तस्बिरले उनको करिअर उचो बनाउन भुमिका खेलेको थियो भन्नेहरु अहिले पनि भेटिन्छन् ।

स्पेनिश नायिका पेनलुप क्रुज अभिनयमा अब्बल छिन् । तर, अभिनय भन्दा धेरै चर्चा उनको पनि समुन्द्री किनारको बिकनी पोजले पायो ।

प्रियामानी
प्रियामानी

तमिल नायिकाको ग्ल्यामर पोज
नेशनल फिल्म अवार्ड समेत पाएकी छिन् दक्षिण भारतीय अभिनेत्री प्रियामानीले । तमिल र मलाया फिल्ममा राम्रै प्रभाव जमाएकी यी नायिकाले पनि चर्चामा आउनका लागि समुन्द्री किनार रोज्न वाध्य भईन् ।

तामिल र मलाया फिल्ममा चर्चित अर्कि कलाकार ऋचा पानाइले फिल्मका अतिरिक्त थुप्रै तमिल विज्ञापनमा मोडलिङ गरेकी छिन् ।
ती विज्ञापन र फिल्मले उनलाइ खासै सन्तुष्ट बनाउन सकेन । अन्तत समुन्द्री किनारमै उभिएर बिकनी पोज दिईन् । जसको कारण उनको पचियय बलिउडसम्म फैलियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment