Comments Add Comment

धम्कीपछि करिनाले बडीगार्ड थपिन्

Karina-Kapur
मुम्बई । अभिनेत्री करिना कपुरले आफ्नो सुरक्षा बढाएकी छिन् । एक पत्रिकामा प्रकाशित लभ जिहादको मुद्धा उठाए वापत करिनालाई धम्की आएपछि उनले सुरक्षा बढाएकी हुन् । अहिले करिनाले दुईजना बडीगार्ड थपेरकी छिन् ।

हिन्दी फिल्म बजरंगी भाइजनको सुटिङमा ब्यस्त रहेकी करिनाले फिल्मको विषयबस्तुवारे कुनै जानकारी दिएकी छैनन् । तर, केही मिडियाले भने फिल्मको विषय पनि लभ जिहादमै केन्दि्रत रहेको बताएका छन् ।

‘बिग बोस’मा सहभागी गौहर खानले पनि एक युवकको हातवाट थप्पड खाएपछि आफ्नो सुरक्षा गार्ड राखेकी छिन् । उनलाई शाहिद कपुरले आफ्नो सुरक्षा गार्ड उपलब्ध गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment