Comments Add Comment

यी हुन् भट्ट क्याम्पका सेक्सी हिरोईन्

Kangana
मुम्बई । टिभी स्टार गुरमीत चौधरी र सपना पब्बीले ‘खामोशिया’ मा मुख्य भुमिका निर्वाह गरेका छन् । यी दुई कलाकारको साथमा अली फजल पनि छन् । शुक्रवारदेखि रिलिज भएको यो फिल्म यसकारण पनि चर्चामा छ कि तीनै कलाकार भट्ट क्याम्पका पछिल्ला उत्पादन भनेर चिनिन्छन् ।

भट्ट क्याम्पवाट बलिउड प्रवेश गरेका हिरोइनहरु सफल भएको मानिन्छ । विपाशा बसु, कंगना राणावत, मल्लिका शेरावत, सन्नी लियोनी, इशा गुप्ता लगायतका हिरोईनको खाता भट्ट क्याम्पवाटै खुलेको हो ।

बलिउडमा सबैभन्दा धेरै नयाँ कलाकारलाई स्थान दिने ब्यानरका रुपमा चिनिन्छ भट्ट ब्यानर । हरेक हिरोइनलाई बोल्ड रुपमा प्रस्तुत गरिदिने भट्ट क्याम्प आफ्नो ब्यानरमा काम गर्ने हिरोईनलाई सेक्सीको उपाधि सजिलै दिलाइदिन्छ ।  बलिउडका केही हिरोइनहरु छन् जसको चर्चा केबल भट्ट क्याम्पकै कारण भएको छ । हेरौं ति हिरोईन को-को हुन् ?

सपना पब्बी
सपनालाई दर्शकले कसरी लिन्छन् हेर्न बाँकी नै छ । तर, उनी प्रतिभाशाली मोडल हुन् । बेलायतमा मोडलिङ गरेकी सपनाले ग्यालेक्सी चकलेट, पेप्सी र फेयर एण्ड लभ्लीमा मोडलिङ गरेकी छिन् ।
sunney
सन्नी लियोनी
इण्डो क्यानेडियन अमेरिकन एक्ट्रेस सन्नी लियोनीलाई सन् २०१२ मा भट्ट क्याम्पले बलिउडमा डेब्यु गराएको थियो । फिल्म ‘जिस्म-२’ ले आंशिक सफलता पायो । पोर्न स्टार छबी भएकै कारण केही संघसंस्थाले विरोध नगरेका होइनन् ।

भारत आए लगत्तै ‘बिगबोस’मा देखिएकी सन्नीलाई निर्देशक महेश भट्टले बिगबोसको घरमै गएर अभिनयको लागि प्रस्ताव राखेका थिए ।

कंगना राणावत
बलिउडकी क्वीन भनिने कंगना राणावत पनि भट्ट क्याम्पवाट आफ्नो करिअर बनेको स्वीकार्छिन् । सन् २००६ मा बनेको फिल्म ‘ग्याङगस्टार’ उनको पहिलो भट्ट क्याम्पको फिल्म थियो । सन् २००४ मा कंगनाले हिन्दी फिल्म ‘आइ लभ यु बोस’ मा काम गरेकी थिइन् । उनको पहिलो फिल्म पनि त्यहि नै थियो ।

त्यसको दुई वर्षपछि भट्ट क्याम्पको फिल्म खेलेकी कंगनाले अडिसन् दिएर मौका पाएकी हुन् । ग्याङगस्टारमा भएकी पात्रको तुलनामा कंगनाको अनुहार कलिलो भएको भन्दै निर्देशकले चित्रांग सिंहलाई अनुबन्ध गरेका थिए । पछि चित्रांगले समय दिन नसकेपछि कंगना अनुबन्ध भएकी थिइन् ।
bipasa
विपाशा बसु
बिपाशा बसुले सन् २००१ वाट फिल्मी करिअर सुरु गरेकी थिईन् । सन् २००१ मा बनेको ‘अजनबी’ उनको पहिलो फिल्म थियो । तर, त्यसको एक वर्षपछि बनेको ‘राज’ ब्यबसायिक रुपमा सफल भयो ।  यही फिल्मवाट उनी बोल्ड एक्ट्रेसको रुपमा स्थापित भईन् । त्यसपछि पनि उनले भट्ट क्याम्पकै जिस्म, ऐतबार, राज-३ लगायतका फिल्ममा काम गरिन् ।

मल्लिका शेरावत
अहिले पनि किसिङ क्वीन भनेर चिनिन्छिन् मल्लिका शेरावत । भनिन्छ यदि भट्ट क्याम्पको साथ पाएकी थिईनन् भने मल्लिका यति धेरै चर्चित हुने थिईनन् ।
सन् २००३ मा बनेको ‘ख्वाहिस’मा दर्जन बढी चुम्बनका दृष्यमा अभिनय गरेपछि मल्लिकाको चर्चा एक एक बढ्यो । तर ‘मर्डर’ मा काम गरेपछि बोल्ड अभिनेत्रीको रुपमा स्थापित भईन् ।
Easha
इशा गुप्ता
भट्ट क्याक्पकै फिल्म ‘जन्नत-२’ वाट करिअर सुरु गरेेकी थिईन् ईशा गुप्ताले । इमरान हासमीको साथमा इशाले दिएको चुम्बनको दृष्यले निकै चर्चा भएको थियो फिल्म प्रदर्शन ताक । त्यसपछि पनि उनले राज-३, चक्रब्युह, गोरी तेरे प्यार लगायतका फिल्ममा काम गरेकी छिन् ।  मोलडलिङमा सक्रिय सोनल चौहान र उदिता गोश्वामी पनि भट्ट क्याम्पकै ब्यानरवाट स्थापित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment