Comments Add Comment

बलिउडमाथि क्रिकेटको कालो बादल, कसले जित्ला ?

roy-hindi-movie-pictures-056
राय फिल्मको तस्वीर

 

भारतमा दुईटा कुरा असाध्यै लोकपि्रय छन- पहिलो बलिउड, दोस्रो क्रिकेट । तर, समस्या त्यतिवेला समस्या आउँछ जब सिनेको प्रतिस्पर्धा क्रिकेटसँग हुन्छ । हरेक बर्षजस्तै केही दिनपछि फेरी यस्तै समस्या आउने भएको छ ।

१४ फेब्रुअरिदेखि सुरु हुने क्रिकेटको महाकुम्भ आइसीसी क्रिकेट विश्वकपको प्रभाव फिल्म हलमा टड्कारो रुपमा देखिने छ । यो वर्ष विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा खेलिने छ भने यसको असर भारतमा रिलिज हुने फिल्ममा समेत पर्ने निश्चित छ ।

पुराना तथ्यलाई मान्ने हो भने जुन वर्ष विश्वकप खेल भएको छ त्यो वर्ष विश्वकपका बेला प्रदर्शन गरिएका फिल्म ब्यापारिक रुपमा असफल भएका छन् ।

सन् २००७ मा विश्वकपको बेला रिलिज भएको फिल्म भेजा फ्राई, दिल्ली हाईट्स र जस्ट म्यारिज जस्ता फिल्मको ब्यापार औसतमा सिमित रहयो । सन् २०११ मा भएको गेम र ये फासले असफल नै भए ।

सन् २००३ मा अक्षय कुमारको फिल्म ‘अन्दाज’ विश्वकपको अन्तिम दिन प्रदर्शन भएकाले राम्रै ब्यापार गरेको थियो ।

क्रिकेटको कारण फिल्मको ब्यापारमा असर परेकोमा फिल्म ब्यापार बिशेषज्ञहरु सहमत छन् । फिल्म ब्यापार विषेशज्ञ अमोद मेहराको भनाइअनुसार विश्वकपको बेला प्रायः निर्माता फिल्म प्रदर्शन गर्न मान्दैनन् । किनकी धेरैले असफलताको पीडा भोगेका छन् ।

१४ फेब्रुअरीमा सुरु हुने विश्वकप क्रिकेट २९ मार्चसम्म जारी रहन्छ । यही विचमा प्रदर्शन हुने भएको छ अर्जुन रामपाल र रणबीर कपुरको ‘राय’ र मल्लिका शेराबत अभिनित ‘डर्टी पोलिटिक्स’ । यी दुबै फिल्म १३ फेब्रुअरीमा रिलिज हुने छन ।

अभिनेता अर्जुन रामपाल भन्छन ‘अष्ट्रेलिया न्युजील्याण्डको खेलले त असर पार्छ नै, त्यसको दुईदिनपछि भारत पाकिस्तानको म्याच हुँदै छ । त्यो बेला झन धेरै प्रभावित हुने छ बलिउड ।’

निर्देशक फराह खान पनि क्रिकेट र सिनेमा भिड्दा सिनेमालाई घाटा हुने स्वीकार्छिन् । तर, केही निर्माता छन् जो क्रिकेटसँग नडराई फिल्म प्रदर्शनको तयारीमा छन् ।

क्रिकेटसँग नडराउनेहरु

dirty-politics
डर्टी पोलिटिक्सको तस्वीर

‘डर्टी पोलिटिक्स’ कि हिरोईन् मल्लिका शेरावत क्रिकेटप्रति त्यति धेरै रुची राख्दिनन् । आफु जस्तै क्रिकेटमा चासो नराख्ने मान्छेहरु भारतमा धेरै भएको धारणा राख्छिन् उनी ।

शुसान्त सिंह राजपुतको ब्योमकेश बख्खी, अमिताभ बच्चनको ‘पिकु’ र रणबीर कपुरको ‘बम्बे व्यालेट’ क्रिकेटको महाकुम्भमै रिलिज हुने छन् ।

अमोदको भनाई अनुसार यदि भारतीय टिम सुरुमै बाहिरियो भने ब्यापार बढ्ने सम्भावना हुन्छ । नत्र ब्यापार डामाडोल हुन्छ ।

केही फिल्मले विश्वकपमै पनि राम्रो ब्यापार गरेका छन् । सन् १९९९ मा प्रदर्शन भएको डेविड धवनको ‘बीबी नम्बर वान’ र सन् २०११ मा प्रदर्शन भएको ‘तनु वेड्स मनु’ राम्रो ब्यापार गर्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment