Comments Add Comment

अमिर खानको ‘पिके’ चीनमा प्रदर्शन हुने

amir khan
मुम्बई । बलिउडमा अत्याधिक चर्चा पाएको हिन्दी फिल्म ‘पिके’ हेरेर अब चिनियाँ दर्शकले पनि मनोरञ्जन लिने भएका छन् ।

निर्देशक राजकुमार हिरानीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार अब केही दिनमै चीनको विभिन्न शहरमा ‘पिके’ प्रदर्शन हुने भएको छ । चीनका सुविधा सम्पन्न तीन हजार हलमा एकसाथ प्रदर्शन हुने भएको छ यो फिल्म ।

निर्देशक हिरानीका अनुसार कम्युनिष्ट मुलुक चीनका दर्शकले यो फिल्म हेरेर प्रसस्त मनोरञ्जन लिनेछन् । किनकी यसमा देखाईएको धार्मिक विवादले चिनियाँ दर्शक खुसी हुने छन् ।

चीनमा फिल्म प्रदर्शनका लागि सबै कानुनी प्रकृया पुरा भएको निर्देशक हिरानीले बताए । चीनमा ‘पिके’ प्रदर्शनका लागि चिनियाँ फिल्म निर्माताले नै चासो देखाएको हिरानीले बताए ।

आमिरको अघिल्लो फिल्म ‘थ्री इडियट्स’ वाट चिनियाँ फिल्म बितरक उत्साहित थिए । चीनमा ३४ देशका फिल्मले प्रदर्शन अनुमति पाउँछन् ति मध्ये धेरै फिल्म बलिउडकै हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment