Comments Add Comment

अंग प्रर्दशनले थाकिसकेँ: मल्लिका

Mallika-Sherawat copy
बलिउडमा देह दर्शनका लागि उदार नायिकामध्ये पर्छिन मल्लिका शेरावत । छोटा पहिरनमा ग्ल्यामर दिन उनी निकै खप्पिस छिन् ।

छिटै प्रर्दशनमा आउन लागेको फिल्म ‘डर्टी पोलिटिक्स’ पनि उनले आफ्नो स्थापित छविअनुसार नै ग्ल्यामर, रोमान्स र बेड सिनका दृष्य दिएकी छिन् ।

तर, मल्लिकाले यस्ता सेक्सी अभिनयबाट आफु थाकिसकेको बताएकी छिन् ।

इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै मल्लिकाले भनिन- मलाई जहिले पनि बलिउडबाट यस्तै सेक्सी भूमिकाका लागि अफर आउँछ, तर, म एउटा आइटम गीतमा नाच्ने र जीउ देखाउने छोटो भूमिकामात्र गर्न चाहान्न ।’

‘म एक कलाकार हुँ र भिन्नभिन्न भूमिकामा आफ्नो क्षमता देखाउन चाहान्छु तर, सवैले मलाई सेक्सी भूमिकामात्र अफर गर्दा दिक्क लागिसक्यो, म थाकिसकेँ’ उनले भनिन् ।

डर्टि पोलिटिक्सले आफ्नो भिन्न अभिनय क्षमताको उजागर गर्ने उनको बिश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment