Comments Add Comment

‘जंग बहादुरको कोट’मा ‘आधा बाटो’को सपना(भिडियो)

bimlesh-and-suchitra
चलचित्र ‘जंग बहादुरको कोट’को ‘आधा बाटो’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चलचित्रका मुख्य कलाकार विमलेश अधिकारी र सुचित्रा आचार्यलाई फिचरिङ गरिएको छ । गीतमा कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत छ ।

चलचित्रको प्रदर्शन मिति तय भएको छैन । चलचित्रलाई नव-निर्देशक आशिष भेटवालले निर्देशन गरेका हुन् । अष्ट्रेलियामा नै फिल्म मेकिङको बिषयमा अध्ययन गरिरहेका आशिष भेटवालले चलचित्रलाई सस्पेन्स-थ्रिलर भनेका छन् ।

चलचित्रमा अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्माण जयन खड्काले गरेका हुन् । चलचित्रले जंगबहादुरको बिषयलाई उठान नगर्ने निर्देशकको भनाई छ । तर, जंगबहादुरको कोटको बिषयलाई भने चलचित्र भित्र देख्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment