Comments Add Comment

बेलायतमा जन्मेकी तमिल हिरोइनको चकचकी

tamil
एम्मी लोउस ज्याक्सन अहिले तमिल फिल्म उद्योगको सेक्सी हिरोईनको रुपमा चिनिन्छिन् ।

बेलायतमा जन्मेकी यी मोडलले १६ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी थिईन् । टाइम्स अफ इण्डियाले उनका केही हट पोजका तस्बिरहरु सार्वजनिक गरेको छ, जहाँ उनी बिकिनीमा समुन्द्री किनारमा रमाइरहेको देखिन्छ ।

तेलुगु फिल्म ‘येबदु’ को सुटिङका क्रममा समुन्द्री किनारमा बिकिनीमा प्रस्तुत भएकी एम्मीको तस्बिर जोसुकैलाई भुतुक्कै पार्ने खालको छ । रातो र निलो डे्रसमा उत्तेजक भंगीमा प्रस्तुत भएकी छिन् उनी ।

तमिल फिल्म निर्देशक ए एल विजयले उनलाई तमिल नाटक ‘मद्दार्सपट्टीनाम’ मा अभिनय गराएका थिए । त्यसपछि उनी भारतीय फिल्ममै रमाउन थालेकी थिईन् । रोमान्टिक ड्रामा ‘एक दिवाना था’ उनको पहिलो बलिउड फिल्म थियो । त्यसपछि भने तमिलमै रमाईन् ।

सन् २०१० मा तमिल फिल्म ‘मद्रासपट्टनम’ अभिनय गरेकी एम्मी सोही फिल्मवाट वेष्ट डेब्यु एक्ट्रेसको मनोनयनमा समेत परेकी थिईन् । सन् २०१२ मा बनेको अर्को फिल्म ‘थान्दभम’ वाट सह अभिनेत्रीमा फिल्म फेयर अवार्ड पाएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment