Comments Add Comment

रातको तीन बजे कंगनाको ढोका ढकढकाउने को होला ?

Kangana

मुम्बई । रातको तीन बजेको थियो । अभिनेत्री कंगना राणावत निदाईरहेकी थिईन् । एक्कासी उनको घरको ढोका ढकढक गर्‍यो ।

यस्तो मध्यरातमा ढोका ढकढकाउने को होला ? कंगना निकै डराइन । तर, निकैबेरसम्म पनि ढोका ढकढकाउने क्रम रोकिएन । त्यसैले उनी चाल सुन्दै ढोकासम्म पुगिन् । जब उनले ढोका खोलिन तब झसङ्ग भइन् ।

कारण, उनको ढोकामा खडा थिइन चर्चित अभिनेतृ रेखा ।

शनिवार सम्पन्न फिल्म फेयर अवार्डमा कंगनाले ‘क्वीन’वाट सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिईन् । तर, अवार्ड कार्यक्रममा कंगना उपस्थित भएकी थिईनन् । सोही कारण रेखाले कंगनाको तर्फवाट अवार्ड लिएकी थिईन् ।

रेखा उनको त्यहि अवार्ड हस्तान्तरण गर्नका लागि कंगनाको घर पुगेकी थिईन् । क्वीनमा राम्रो अभिनय गरेको भए पनि अवार्ड पाउने कुरामा आफु आशावादी नरहेको भन्दै कंगनाले रेखाले घरमै आएर अवार्ड प्रदान गरेकोमा खुसी ब्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment