Comments Add Comment

दिपकलाई प्रियंकाको चुम्बन, ‘मुन्द्रे’ र ‘माग्ने बुढा’सँग दीपा (फोटो फिचरसहित)

deepak-and-priyanak
चलचित्र ‘सुकुम्बासी’को ‘घिनघिन मादल’ बोलको गीतमा नृत्य गरेकी कलाकार दीपाश्री निरौलाले १६ बर्षपछि आफ्नै लगानीमा बनिरहेको चलचित्र ‘वडा नम्बर ६’मा कम्मर मर्काइन् । दीपालाई कम्मर मर्काउन सजिलो भने भएन ।

२४ बर्षको उमेरमा कम्मर मर्काउँदा जती सजिलो हुन्थ्यो, ४० बर्षको उमेरमा त्यसरी नै नाच्दा दीपालाई असहज त भयो तर अन्य कलाकार समेत भएकाले उनले गाह्रो मानिनन् ।

deepa-and-deepak
उज्ज्वल घिमिरेको निर्देशनमा बनेको चलचित्र ‘वडा नम्बर ६’को छायांकन अब भने पूर्ण रुपमा सकिएको छ । दीपाको साथमा नायिका प्रियंका कार्कीले पनि नृत्य गरिन् । २ महिला पात्रलाई कलाकारहरु दीपकराज गिरी, दयाहाङ राई, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेलले साथ दिए ।

deepa-and-jitu-dhurmus

deepa-and-magne-buda
‘पटुकीमा सिउरेको सुर्के थैली खैै’ ? बोलको गीतमा चलचित्रका सबै कलाकारले नृत्य गरेका हुन् । मुलपानीमा भएको छायांकनमा कलाकारहरुलाई शंकर वीसीले नृत्य गर्न सिकाएका हुन् ।

एउटा गाउँको परिवेशलाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रमा विल्सन विक्रम राई र दीपाश्री निरौला विशेष भूमिकामा छन् । यो गीत चलचित्रको कथा अगाडि बढ्दै जाँदा देख्न पाइने दीपाको भनाई छ ।

priyana-with-dipak-and-daya
चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको लगानी छ । राजनराज सिवाकोटीको संगीत रहेको यो गीतमा अन्जु पन्त, राजु विश्वकर्मा र सिवाकोटीकै स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment