Comments Add Comment

नक्कली हिसिला भन्छिन्-‘ म अमेरिकाको राष्ट्रपतिमा उठ्दैछु भनेर कसैले पत्याउँला र ?’

bipana-basnetहाँस्य सिरियल ‘तितो सत्य’मा नेतृ हिसिला यमीको गेटअपमा प्रस्तुत भएपछि कलाकार विपना बस्नेतको चर्चा एकाएक चुलियो । यो सिरियलमा अभिनय गरेपछि विपनाको व्यस्तता स्टेज कार्यक्रममा पनि बढ्यो ।

उनै विपना अहिले आफै एक पारिवारिक सिरियल निर्माणमा जुटेकी छिन् । हिमालय टेलिभिजनबाट आउने  सिरियलमा व्यस्त बनेकी विपना आफूलाई स्वघोषित रुपमा कमेडियन कलाकार भन्नेहरुसँग आक्रोशित छिन् ।

विपनाले अनलाइनखबरसँग भनिन्-‘एउटा कमेडियन कलाकार भनेर जो पनि एउटै तहको हुन सक्दैन । दर्शकले पनि त रुचाउनुपर्‍यो । आफूलाई स्वघोषित रुपमा कमेडियन कलाकार भन्नेहरुका कारण असली कलाकारको अपमान भएको छ ।’
विपनाले भनिन्-‘नामै नसुनेका भाइ तथा बहिनीहरु आफूलाई कमेडी कलाकार भनेर चिनाउँछन् । फेसबुकमा नाम लेख्छन् । दर्शकले चिनेकाले के आफूलाई यसरी चिनाउनु परेको छ र ?’

ऐनामा अनुहार हेर्दा आफू कमेडी कलाकार जस्तो लाग्छु कि लाग्दैन भनेर पहिला मुल्यांकन गर्न विपनाले सुझाव दिएकी छिन् । उनले भनिन्-‘विपना बस्नेत अमेरिकाको राष्ट्रपति पदमा लड्दैछिन् भन्दा कसैले पत्याउँछ र ? हो यस्तै पहिला आफू त्यो स्थानमा पुग्नु पर्‍यो अनी मात्र भन्न सुहाउँछ ।’

परिचय अरुले दिने हो भन्दै उनले आफूले आफूलाई यस्तो र उस्तो भनेर वास्तविक कलाकारको अपमान नगर्न आग्रह गरिन् । विपनाको भनाई छ-‘कमेडी कलाकार भनेको सानो कुरा होइन । आधा घन्टा वा एक घन्टा अरुलाई मनोरञ्जन दिने काम सानो छैन । मुख बङ्ग्याएर मात्र कोही हाँस्य कलाकार बन्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment