Comments Add Comment

प्रियंकाको ‘म्याडमजी’लाई मल्लिकाले दिइन् चुनौती

mallika-and-priyanka
बलिउड नायिका  प्रियंका चोपडाको निर्मात्री बन्ने सपना चकनाचुर भएको छ । उनले निर्माण गर्न लागेको चलचित्र ‘म्याडमजी’ नबन्दै थन्किने भएको हो ।

यो चलचित्रका लागि प्रियंका खुबै उत्साहित पनि थिइन् । तर, प्रियंकाको उत्साहमा अर्की नायिका मल्लिका सेरावतले पानी फ्याकिदिएकी छिन् ।

प्रियंकाले ‘म्याडमजी’का लागि निर्देशकको रुपमा मधुर भण्डारकरसँग कुरा गरिरहेकी थिइन् । तर, मल्लिका सेरावतको प्रदर्शन हुन लागेको चलचित्र ‘ द डर्टी पोलिटिक्स’को कथासँग धेरै हदसम्म मिलेपछि प्रियंका ‘म्याडमजी’ नबनाउने सोचमा पुगेकी हुन् ।

मल्लिकाको चलचित्रले राजस्थानमा भएको भंवरी देवी हत्याकाण्डको कथालाई उठान गरेको छ । प्रियंकाले बनाउन लागेको ‘म्याडमजी’ एक बार डान्सरको हो जो राजनीतिमा प्रवेश गरेर सफल हुन्छिन् ।

दुबै चलचित्रको कथा उस्तै रहेको बताइन्छ । प्रियंकाले अन्य  प्रोजेक्टमा व्यस्त भएका कारण यो चलचित्रको काम सुरु गर्न सकेकी थिइनन् । केही दिन अघि मात्र मल्लिकाले बलिउडको असली ‘म्याडमजी’ प्रियंका नभएर आफू भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment