Comments Add Comment

‘मिस टुरिजम’को अडिशन सुरु

miss-tourism
पूर्वको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘मिस टुरिजम २०१५’को अडिसन सुरु गरिएको छ । इटहरीबाट सुरु भएको अडिशन इलाम, दमक, विर्तामोड र काँकडभिट्टासम्म चल्नेछ । त्यसपछि विराटनगर र धरानको अडिसन हुने आयोजकले बताएको छ । अडिसनबाट छानिएका सहभागीलाई ‘पूर्व मिस पूर्वाञ्चल’ नेहा बजाजले एक महिना तालिम दिनेछिन् ।

सहारा इन्टरटेन्मेन्ट र झापा जिल्ला ट्राभल एजेन्सी संघको संयुक्त आयोजनामा हुन लागेको ‘मिस टुरिजम’को अडिसन सोमबार इटहरीमा सम्पन्न भयो । इटहरीमा भएको अडिसनमा निरा गहतराज, आश्मा अचार्जु, जानुका बस्नेत, सुभेक्षा कार्की र चन्द्रकला तामाङ सहभागी थिए । अडिसनको निर्णायकमा इभेन्ट मेनेजर सौगात रिजाल, पत्रकार पवन विवश अधिकारी र मोडल सालु थापा थिए ।

सहभागीहरुलाई पर्यटनको बारेमा प्रशिक्षणसँगै पूर्वका विभिन्न पर्यटनस्थलको भ्रमण गराएर पर्यटन प्रवर्द्धनमा सहभागी गराउने बताइएको छ । छानिएका सहभागीहरुलाई सामाजिक कार्य, र्‍याम्पवाक, ग्रुमिङ, हेयर एण्ड ब्युटी सम्बन्धि प्रशिक्षण धरानमा दिने र फाईनल प्रतियोगीता भने झापाको बिर्तामोडमा हुने कार्यक्रम रहेको संयोजक खुस्बु मोतेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment