Comments Add Comment

बलिउडकी मुग्दालाई मन पर्‍यो काठमाडौंको सौन्दर्य

mugda-in-kathmanduकाठमाडौं । नेपालको ठमेल, भक्तपुर र नगरकोटमा सुटिङ गरिएको फिल्म ‘बेबी’ बलिउड लगायत विश्वभरका सिनेमा घरमा प्रदर्शन भईरहेको बेला अर्को हिन्दी फिल्मको नेपालमा सुटिङ भएको छ ।

बलिउड कलाकार मुग्दा गोड्से र रुस्लान मुमताजले काठमाडौमा फिल्म सुटिङ हुँदै गरेको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् । तर, फिल्मको वारेमा कुनै कुरा उल्लेख गरेका छैनन् ।

रुस्लानले भक्तपुर दरवार स्क्वायर क्षेत्रमा सुटिङ गरेको जानकारी दिँदै नेपाली डिनरमा सहभागी हुन लागेको कुरो पोष्ट गर्दै भक्तपुर दरवार स्क्वायरको मुलढोकामा उभिएको तस्बिर समेत पोष्ट गरेका छन् ।

नेपालमा सुटिङ गर्दा रमाईलो लागेको अनुभुति उनले शेयर गरेका छन् । नायिका मुग्दाले भने रुस्लानसँग अभिनय गर्दै गरेको तस्बिर पोष्ट गरेकी छिन् तर, केही लेखेकी छैनन् ।

मुग्दाले पि्रयंका चोपडा अभिनित ‘फेशन’ मा अभिनय गरेकी थिईन् । फेशनवाटै सर्वोत्कृष्ट नवनायिकाको अवार्ड पाएकी मुग्दाले हिरोईन, जेल, हेल्प लगायत दर्जन फिल्ममा काम गरेकी छिन् । टेलिभिजन र केही फिल्ममा अभिनय गरेका रुस्लान नवोदित कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment