Comments Add Comment

सुरु गर्ने महिला निर्देशक, सक्ने शोभित बस्नेत

rista-and-salon
एउटै चलचित्र दुई निर्देशकले काम गरेर सकिएको छ । महिला निर्देशक समुन्द्र भट्टले सुरु गरेको चलचित्र ‘आधा पेज’को छायांकन निर्देशक शोभित बस्नेतले सकाएका छन् ।

सलोन बस्नेत र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको चलचित्रको छायांकन मंगलबार सकिएको हो । निर्माता लिला न्यौपानले गीत मात्र सुटिङ गर्न बाँकी रहेको र त्यसलाई शोभित बस्नेतले सकाएको जानकारी दिए । रामजी लामिछानेले गीतमा कोरियोग्राफी गरेका छन् ।

निर्देशक बस्नेतले भने चलचित्र पूर्ण भयो भनेर हेर्दा गीत र केही दृश्य नै नखिचिएकाले आफूलाई आग्रह गरेपछि काम गरेको बताएका छन् । निर्देशक समुन्द्र भट्टले चलचित्र सकियो भनेर निर्मातालाई जिम्मा लगाएपछि हेर्दा गीत र केही दृश्य बाँकी रहेको शोभितले बताए ।

तर, निर्माता लिला न्यौपानेले भने निर्देशक समुन्द्र भट्टको काम परेर अष्ट्रेलिया गएपछि बाँकी काम सहमतीमै सकाएको बताए । चलचित्रमा निर्देशकको नाम कसको हुन्छ त भन्ने प्रश्नमा उनले समुन्द्रकै हुने जानकारी दिए । चलचित्रलाई वैशाखमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment