Comments Add Comment

कार्याशालाका लागि रोल्पा हिँडे सिनेकर्मी

workshop-Rolpa

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु दुई ध्रुवमा बाँडिएको बेला चलचित्रकर्मीहरु भने सामुहिक छलफलमा जुटेका छन् ।

एमाओवादी निकट अखिल नेपाल चलचित्रकर्मीसंघको आयोजनामा रोल्पाको लिवाङमा हुन गईरहेको ‘अन्तराष्ट्रिय चलचित्र कार्याशाला’ मा सबै राजनीतिक दलमा आस्था राख्ने चलचित्रकर्मी सहभागी छन् ।

बिहीवार बिहान दुईटा ठूला बसवाट ५५ जना चलचित्रकर्मी रोल्पा प्रस्थान गरेका छन् । ‘हाम्रो बिशुद्ध कार्याशाला हो, कुन पार्टीले गर्‍यो भनेर हेरिदैन ।’ अध्यक्ष केपी पाठकले भने ।

सिनेमा आन्दोलनलाई अघि बढाउन कार्याशाला आयोजना गरिएको बताउने पाठकले यस किसिमको कार्याशालाले आम सिनेकर्मीमा सिक्ने चाहना जगाउने धारणा राखे ।

निर्देशक लक्ष्मीनाथ शर्मा, देबकुमार श्रेष्ठ, ओम प्रतिक, दुर्गा नेम्वाङ, सुसन प्रजापति लगायतका कार्याशालामा सहभागी छन् । ७ जना सहभागी उतै थपिने छन् ।

कार्याशालामा भारतवाट निर्देशक शेखर दास, छायाँकार सनी जोसेफ र इजिप्टकी फिल्म समिक्षक एवं निर्देशक सफा एआइसीले आफ्ना अनुभुति सुनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment