Comments Add Comment

तलव माग्दा सहयोगी कुटेको अभियोगमा संगीतकार स्माइल पक्राउ

islam

भारतका चर्चित संगीतकार स्माइल दरबार आफ्नै सहयोगीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका छन् ।

उनकै सहायक संगीत निर्देशकका रुपमा काम गरिरहेका प्रशमित चौधरीलाई पैसा नतिरेको र कुटपिट गरेको अभियोगमा स्माइल र उनका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

यी चर्चित संगीतकारले आफ्ना सहायक निर्देशक चौधरीलाई ३८ हजार भारतीय रुपैयाँ तिर्नुपर्ने थियो । तर, उनले काम लगाए बापतको पैसा नदिई उल्टै भौतिक आक्रमण गरेको भन्दै चौधरीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।

प्रशमितले डेली न्यूज एजेन्सीलाई दिएको जानकारी अनुसार जुलाई २०१४देखि सेप्टेम्बरसम्मको मासिक तलव बापतको ३८ हजार रुपैयाँ स्माइलले तिर्न बाँकी थियो । त्यसका लागि उनले हजारौं कोसिस गरे, फोन उठाउन छाडेपछि नयाँनयाँ नम्बरबाट कल गरे । तर, स्माइलले उल्टै मार्ने धम्की दिन थाले ।
‘स्माइलले मलाई फोनबाटै तँ कहाँ छस् मलाई भन, त्यहीँ आएर तपाईं सिध्याइदिन्छु भनेका थिए तर मैले आवेशमा आएका मात्र होलान भन्ठानेको थिएँ’ कुटपिटबाट रतगपच्छे अनुहार बनाएका प्रशमितले भने ।

अर्को दिन उनका छोराले बिबाद नगरौं तपाई कहाँ हुनुहुन्छ म भेटेर कुरा गर्न चाहान्छु भन्दै साथीसँग आफ्नो घरको ठेगाना मागेर आएको र पार्किङमा बोलाएर स्माइलका छोरा र स्माइलले कुटपिट गरेको उनले जानकारी दिए ।

प्रहरीले बाबुछोरालाई पक्राउ गरि धरौटीमा रिहा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment