Comments Add Comment

कसले गर्‍यो रेखा थापाको फेसबुक पेज ह्याक ?

rekha-thapa-tatasthu
केही दिन अगाडि नायिका रेखा थापा खुबै तनावमा थिइन् । उनले आफ्नो फेसबुक पेजमा ‘एउटा गम्भिर बिषयमा वकिलहरुसँग छलफल गर्दै’ भनेर लेखेकी थिइन् ।

रेखा तनावमा हुनुका कारण उनको फेसबुक पेज ह्याक भएर रहेछ । अनलाइनखबरलाई श्रोतले दिएको जानकारी अनुसार रेखा थापाको सर्वाधिक लाइक भएको पेज नै ह्याक भएको थियो । ह्याक भएपछि रेखा थापा कसरी ह्याकरको पन्जाबाट यसलाई छुटाउन सकिन्छ भनेर लागेकी थिइन् । जसका कारण उनले वकिलहरुसँग छलफल गरेकी हुन् ।

आफ्नो १२ लाख ७३ हजार फ्यान भएको पेज नै ह्याक भएपछि रेखा थापालाई तनाव हुनु त स्वभाविक नै भयो । अहिले भने रेखाको फ्यान पेज उनकै स्वामित्वमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment